पहिरो, सर्पदंश र बाघको आक्रमबाट सुदूरपश्चिममा महिनादिनमै ८ जनाको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
456135991_1645146699362533_4602840483606092170_n

साउन महिना सुरु भएसँगै सुदूरपश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ।एक महिनाको अवधिमा आगलागी, सर्पदंश, चट्याङ, हावाहुरी, बाढी, जनावर आंतक, पहिरो, भारी वर्षा लगायत प्राकृतिक विपदका ७१ घटना घटेका छन्। सो अवधिमा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ। बाढी र जनावर आंतकबाट २ जनाको मृत्यु भएको छ।त्यस्तै पहिरोमा परेर ५ जनाको मत्यु भएको छ। ती घटनाबाट २८ जना घाइते भएका छन भने एक सय २८ परिवार प्रभावित बन्न पुगेको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले संकलन गरेको विवरणमा उल्लेख छ। सो अवधिमा १६ लाख ७० हजार मूल्य बराबरको आर्थिक क्षति पुगेको अनुमान समेत गरिएको छ।कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारी उखुबारीमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट दोधारा–चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाहको घटनास्थलमै मृत्यु भएको थियो। आइतबार राति मात्र बझाङमा पहिरोमा घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। बझाङमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खस्दा एकै परिवारका दुई बालबालिकासहित चार जनाको मृत्यु भएको हो।आइतबार रातिका यस्तो घटना घटेको हो। बझाङको बुंगल नगरपालिका–१० टुमेडामा मध्यराति पहिरोले घर लग्दा ५३ वर्षीया काली धामी, उनकी बुहारी २५ वर्षीया गोल्की र गोल्कीका दुई छोरी ६ वर्षीया आकृति र ३ वर्षीया लक्ष्मीको मृत्यु भएको छ। कालीका श्रीमान् ५८ वर्षीय बिरा, गोल्कीका श्रीमान् ३० वर्षीय उज्ज्वल  र  छोरा १० वर्षीय रोशन तथा अर्की बुहारी २० वर्षीया शान्ति र छोरी १६ वर्षीय कमलाको पनि उद्धार गरिएको छ।

शान्तिका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन्। सोमबार पूजाका लागि घरमा पाहुना बस्न आएका ७२ वर्षीय अम्बादत्त जोशीको पनि सकुशल उद्धार गरिएको स्थानीयले बताए। वर्षासँगै भिरालो जमिन भासिएर घर पुरेको र उद्धारको प्रयास गर्दागर्दै चारजनाको मृत्यु भएको बझाङका डिएसपी युवराज भण्डारीले बताए। प्रहरीका अनुसार ५० मिटरमाथिबाट माटोको ठूलो ढिस्कोले घरको आधा भाग पुरेको थियो।

राति १ बजे घटना भएकोमा अस्थायी प्रहरी पोस्ट तुतलीलेकबाट खड्कासहितको टोली बिहान ३ बजे घटनास्थल पुगेको थियो। त्यसअघि नै स्थानीयहरू उद्धारमा जुटेका थिए। सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले मृतकको परिवारलाई प्रतिव्यक्ति एक–एक लाखका दरले राहत दिने घोषणा गरेका छन्।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >