बंगलादेशमा विद्यार्थी संगठनबीच झडप

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1-bangaladesh_bidyarthi_dxh98Q6ram

बंगलादेशको राजधानी ढाकामा फेरि हिंस्रक झडपका घटना भएका छन्। गएराति राजधानी ढाकामा विद्यार्थी संगठनबीच झडप भएको हो। 

ढाका ट्रिब्यून अखबारका अनुसार झडपमा दुवै पक्षका कैयौँ विद्यार्थी घाइते भएका छन्। हालको सत्ता पक्षका विद्यार्थी संगठन र पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी निकट विद्यार्थी संगठनबीच गएराति ९ बजेदेखि राजधानी ढाकाका विभिन्न स्थानमा झडप भएको हो। 

ढाका विश्वविद्यालयका विभिन्न क्षेत्रमा शुरुमा प्रदर्शन भएको र त्यसपछि झडप भएको समाचारमा जनाइएको छ। यस्तै केही अखबारले अन्तरिम सरकारमा सल्लाहकारका रूपमा भएको सहभागितामा आपत्ति जनाउँदै विद्यार्थीले प्रदर्शन गरेको उल्लेख छ। 

केहीले भने हिन्दु र मुस्लिम समुदायका विद्यार्थीबीचको विवादपछि झडपको अवस्था सिर्जना भएको दाबी गरेका छन् । प्रहरीले रातभरमै स्थिति सामान्य बनाएको जनाइएको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >