हसिनाको सुपुर्दगीका लागि बंगलादेशले भारतसँग आग्रह गर्ने सम्भावना

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Sheikh Hasina (2)

 बंगलादेशका अधिकारीहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि आग्रह गर्न सक्ने बताएका छन्।

बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद होसेनले शेख हसिनाविरुद्ध मुद्दा बढिरहेका वेला पूर्वप्रधानमन्त्री हसिनालाई फिर्ता गर्न भारतसँग आग्रह गर्नसक्ने बताएका हुन्। यसले भारत सरकारलाई अप्ठ्यारोमा पार्नसक्ने उनले बताए। 

‘उहाँको विरूद्धमा धेरै मुद्दा छन्। उहाँ भारतको राजधानी दिल्लीमा बस्दा प्रश्न उठ्न सक्छ’, ढाकामा रोयटर्स टीभीलाई दिएको विशेष अन्तर्वार्तामा होसेनले भने, ‘यदि गृह मन्त्रालय र कानून मन्त्रालयबाट अनुरोध आयो भने हामीले उहाँलाई बङ्गलादेश फर्काउन आग्रह गर्नुपर्ने हुनसक्छ र त्यसले भारत सरकारका लागि लज्जाजनक स्थिति सिर्जना गर्छ।’ भारत सरकारले यो विषयलाई गम्भीर रूपमा लिने उनले बताए। 

बङ्गलादेशमा सरकार र विषेशगरी आफूलक्षित आन्दोलन चर्किएपछि हसिना गत अगष्ट ५ मा हेलिकप्टरमार्फत् भारत पुगेकी थिइन्। त्यसपछि बंगलादेशका सेना प्रमुखले हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका थिए। 

विद्यार्थी समूहले सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षणमा व्यापक अनियमितता हुने गरेको भन्दै यसको खारेजीका लागि शुरू भएको आन्दोलन अन्ततः हसिनाको सत्ता बहिर्गमनको कारक बन्न पुगेको थियो। उनीविरुद्ध विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोह हिंसात्मक बनेको थियो।

ढाका ट्रिब्युनका अनुसार हसिनासहित २४ जनाविरुद्ध नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा मानव अधिकार उल्लङ्घन गरेको आरोपमा उजुरी दर्ता गरिएको छ। ​बंगलादेशी सञ्चारमाध्यमका अनुसार मानवअधिकार उल्लंघनबाहेक हसिनाविरुद्ध थुप्रै मुद्दा दर्ता भएका छन्।

मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकार पूर्व प्रधानमन्त्री हसिनाले भारतमा बसेर दिने अभिव्यक्तिप्रति निकै दुःखी रहेको र यसबारे भारतीय राजदूतलाई एक भेटमा अवगत गराएको वर्तमान सरकारका विदेशमामिला सल्लाहकार होसेनले बताए।

‘पूर्वप्रधानमन्त्रीबाट भारतबाट जसरी वक्तव्य आइरहेका छन्, त्यसबाट वर्तमान् सरकारका प्रमुख प्रोफेसर युनुस निकै दुःखी हुनुहुन्छ। मैले यो कुरा भारतीय उच्चायुक्तलाई अवगत गराएको छु’, उनले भने।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >