अख्तियारको पत्रपछि छानबिन गर्न मन्त्रालयले रोक्यो ट्रायल र लाईसेन्स परीक्षा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240225-144009_Chrome-780x470

तायात ब्यवस्था कार्यालय वीरगञ्जमा हुदै आएको सवारी चालक अनुमति पत्रको ट्रायल र लिखित परीक्षामा रोक लागेको छ ।

मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयले पत्र पठाएर कार्यालयलाई लाईसेन्स सम्बन्धित ट्रायल र लिखित परीक्षा सञ्चालन गर्न रोक लगाएको हो ।

भदौ १३ र १४ मा लिईने लिखित परीक्षा र प्रयोगात्मक परीक्षा पश्चात यस मन्त्रालयको अनुमति विना कुनै वर्गको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन नगर्न/नगराउन मन्त्रालयको पत्रमा भनिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले मन्त्रालयमा पत्राचार गरेपछि लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गर्न कार्यालयललाई पत्र पठाइएको प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयका सूचना अधिकारी सुनिलकुमार शाहले जानकारी दिए ।

अख्तियारमा यातायात कार्यालय वीरगञ्जले सवारी चालक अनुमति पत्र वितरण गर्दा लिईने ट्रायल र लिखित परीक्षामा अनियमितता भएको उजूरीको छानबिनको लागि लाईसेन्स परिक्षा र ट्रायल रोकिएको उनले बताए ।

आयोगले उजूरीको बिषयमा छानबिन गरी राय पठाउन भनेकाले हामीले यातायात कार्यालय वीरगञ्जको ट्रायल र लिखित परीक्षा रोक्न पत्र पठाएर रोकेका हौ,उनले साझेदारी दैनिकसंग भने । उजूरीको बिषयमा छानबिन गर्न र अख्तियारले पठाएको पत्रको जवाफ दिनको लागि रोकिएको हो ।

अख्तियारले यातायात कार्यालय वीरगञ्जमा लाईसेन्स वितरण कार्यमा भईरहेको अनियमितताको उजूरीको बिषयमा छानबिन अघि बढाएपछि बितेको शुक्रबार नै प्रदेशको मन्त्रालयको टोली यातायात कार्यालय वीरगञ्जमा आएर छानबिनको लागि बिभिन्न फाईलहरु सँकलन गरेर ल्याइएको शाहको भनाई छ ।टोलीले ट्रायलको सिसिटीभी फुटेज समेत लिएर गएको छ ।

यातायात कार्यालय वीरगञ्जमा सवारी लाईसेन्सको लागि बिचौलिया मार्फत रकम तिर्नुपर्ने अवस्था रहेको सर्ब साधारणहरुको गुनासो छ । प्रदेश मातहत रहेको यातायात कार्यालय अहिले मधेसको आठ वटै जिल्लाहरुमा विस्तार गरिएको छ ।

प्रदेशका आठवटै जिल्लाहरु मध्ये वीरगञ्जमा रहेको यातायात ब्यवस्था कार्यालयमा घुस र अनियमितता हुने गरेको छ । यस कार्यालयमा भ्रष्टाचार समेत बढी हुने गरेको छ ।

बिना घुस रकम दिए लाईसेन्सको ट्रायलमा जानीजानी फेल गराउने कार्य हुने गरेको आम सर्ब साधारणहरुको गुनासो छ । अख्तियारमा पनि यस कार्यालयको बारेमा थुप्रै उजुरीहरु रहेको अख्तियारले नै बताउने गरेको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >