जीर्ण नारायणी रंगशाला बनाउने तयारीमा सरकार

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
TL-Chaudhary-Khelkudmantri-Youth-and-Ministry-of-sports

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक दशकदेखि जीर्ण अवस्थामा रहेको वीरगन्जको नारायणी रंगशालाको निर्माण प्रक्रिया अगाडि बढाइने बताएका छन् । रंगशालाको आइतबार निरीक्षण गर्दै मन्त्री चौधरीले आफ्नै कार्यकालमा बन्ने विश्वास दिलाए । ‘तीन दिनअघि सोसल मिडिया र विभिन्न सञ्चारमाध्यमबाट रंगशालाको अवस्थाबारे थाहा पाएँ । त्यसपछि निरीक्षण गर्न आएको हुँ । यही सरकारको पालामै नेपालकै पुरानोमध्ये एक रंगशाला निर्माण हुनेछ,’ उनले भने, ‘सरकार कुनै पनि हालतमा बनाउने मानसिकता छ ।’ 

मघेश प्रदेशले ०८२ मा ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न मुख्य रंगशालाका रूपमा नारायणीलाई प्रयोग गरिने मन्त्री चौधरीले बताए । ‘अर्को वर्ष मधेशले राष्ट्रिय खेलकुद गराउने योजना रहेको छ । सोही प्रतियोगितालाई मध्यनजर गरी यहाँको रंगशाला निर्माण गरिनेछ,’ उनले भने, ‘जीर्ण भौतिक संरचना समयमै निर्माण हुनेछ ।’ नारायणी रंगशालालाई राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न मिल्ने गरी बनाउन लगानी गर्नुपर्ने उनको भनाइ छ । ‘जीर्ण रंगशालामा अहिलेदेखि लगानी गरे आगामी दिनमा रंगशाला राम्रो हुने हो, अर्को वर्ष मधेशमा ११औँ राष्ट्रिय खेलकुद गराउने योजना रहेको छ,’ मन्त्री चौधरीले भने, ‘राज्यले लगानी गरेर जीर्ण रंगशाला समयमा बनाउने प्रमुख दायित्व हो ।’ 

उनले रंगशाला विदेशी दाताको सहयोगमा बनाउने सम्झौता अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘रंगशाला बनाउन विदेशी दाताहरूसँग छलफल गरिरहेका छौँ । सम्झौता अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘अर्को सालमा यो रंगशालामा भएको काम देखिने भएकाले दसैँअगि पुनः अनुगमन गर्न आउनेछु ।’ उनले नारायणी रंगशाला मधेशको मात्र नभई राष्ट्रकै हुने दाबी गरे । 

संघ र मन्त्रालयसँग दुईपटक छलफल
मधेश सरकारका युवा तथा समाजकल्याणमन्त्री प्रमोद जैसवालले नारायणी रंगशाला बनाउन संघ र प्रदेशका सम्बन्धित मन्त्रालयसँग दुईपटक छलफल भएको बताए । ‘यही सालमा विदेशी सरकारको सहयोगमा नारायणी रंगशाला निर्माणको काम थाल्ने गरी अगाडि बढ्नेछ, नभए संघ र प्रदेश सरकार मिलेर रंगशाला बनाउने तयारी हुनेछ,’ जैसवालले भने । 
सरकारले विदेशी दाताबाट निर्माण बनाउने मुख्य उद्देश्य रहेकाले नारायणी रंगशाला निर्माणमा यसपटक बजेट हाल्न नसकिएको उनको भनाइ छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजाराले पनि कतार सरकारसँग नारायणी रंगशाला निर्माण गर्न सम्झौताको तयारी पनि अगाडि बढेको बताए ।

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >