सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20250628_120515408

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र हवल्दार रामप्रित चौधरीको संलग्नता रहेको आरोप लागेको छ। ट्राफिक प्रहरीको यस कार्यले स्थानीय सवारी चालक र व्यवसायीहरूमा ठूलो चासो र निराशा फैलाएको छ।सिमरा ट्राफिक पोष्टका ट्राफिक प्रहरीहरूले मालवाहक सवारी साधनहरूको चेकजाँचको बहानामा अवैध रूपमा रकम असुल्ने कार्य गरेका छन्। विशेष गरी कच्चा पदार्थ ढुवानी गर्ने सवारी साधनहरूको चेकजाँच गर्दा, ट्राफिक प्रहरीले ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ को नाममा रकम असुली गर्दै आएको खुलेको छ।नेपाल सरकारको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ अनुसार, यदि मालवाहक सवारी साधनले तोकिएको भार क्षमता भन्दा बढी बोकेको पाइन्छ भने, त्यस्ता सवारी साधनलाई जरीवाना गरिनु पर्छ र अतिरिक्त मालसामान झार्नुपर्ने व्यवस्था गरिएको छ। तर, ट्राफिक प्रहरीले यस कानूनी प्रावधानलाई आधार बनाएर सवारी चालकहरूलाई अनधिकृत रूपमा रकम असुल्ने गरेका छन्।अहिले मालवाहक ट्रक, ट्यांकर, टिपर, माल बाहक जीप तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड नै आउने गर्छ र ट्राफिकसँग समन्वय गरि एजेन्टहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई महिनावारी रुपमा पास गराउँदै आएका छन् । क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ । बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर १ हजार देखि २५०० सय रुपैयाँसम्म असुल्ने गरेको भेटिएको छ चालकहरूको भनाइअनुसार, ट्राफिक प्रहरीले सवारी साधनको चेकजाँच गर्दा विभिन्न किसिमका धम्की र डर देखाएर १,००० रुपियाँ देखि २,५०० बढी रकम असुल्ने गरेका छन्। यस प्रकारको असुली कार्यले चालकहरूलाई आर्थिक र मानसिक दवाबमा राखेको छ।यस घटनामा संलग्न बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र हवल्दार रामप्रित चौधरीको नाम उल्लेख गरिएको छ। यसले ट्राफिक प्रहरीको भ्रष्टाचार र अनियमितताको गम्भीर संकेत गर्छ। यदि यो समस्या समयमै समाधान नगरेको खण्डमा, यसले प्रहरी प्रशासनको इमेजलाई गम्भीर धक्का पुर्याउन सक्छ र नागरिकका अधिकारमा ठूलो प्रभाव पार्न सक्छ।यस घटनाको छानबिन गर्न र दोषीहरूलाई कारबाही गर्ने उद्देश्यले सरकार र प्रहरी प्रशासनले तुरुन्त कदम चाल्न आवश्यक छ। साथै, यस्ता भ्रष्टाचारलाई रोक्नका लागि ट्राफिक प्रहरी विभागमा सुधारात्मक प्रक्रिया र निगरानीको व्यवस्था गर्न जरुरी छ।स्थानीय व्यवसायी र सवारी चालकहरूले यस्ता भ्रष्टाचारी गतिविधिहरूको विरोध गर्दै सार्वजनिक चासो र समर्थन प्राप्त गरेका छन्। यसले प्रशासन र ट्राफिक प्रहरी बीचको विश्वासको सम्बन्धमा ठूलो प्रभाव पार्न सक्छ।,

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >