बिश्रामपुर गाापाको १७ औ गाउँसभा सम्पन्न, ३२ करोड १० लाखको बजेट प्रस्तुत

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
algolist: 0;
multi-frame: 1;
brp_mask:8;
brp_del_th:0.0000,0.0000;
brp_del_sen:0.0000,0.0000;
motionR: 0;
delta:1;
bokeh:1;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 288.95938;aec_lux_index: 0;albedo:  ;confidence:  ;motionLevel: 0;weatherinfo: null;temperature: 35;

बिश्रामपुर गााउँपालिकाको १७ औ गाउँसभा शनिबार सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा नै एक कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०८२/०८३ को बजेट ३२ करोड १० लाख ४९ हजार ०५ सय २८ रुपैंयाको प्रस्तुत गरीएको छ। गाउँपालिका उपाअध्यक्ष प्रियंका देबी साहको बजेट प्रस्तुत गर्न वडा नं २ को वडा अध्यक्ष मनोज यादव अधिकार दिएकोमा वडा अध्यक्ष यादवले निति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरेका थिए। उक्त गाउँसभामा लेखा प्रमुख बजरङ्गी जयसवालले आर्थिक बर्ष २०८१/०८२ को हालसम्म भएको आय व्यय प्रस्तुत गरेका थिए। भने प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले स्वागत मन्तव्य राख्दै जनताको प्रत्यक्ष सरोकार राख्ने स्थानिय तह भएको बताएका छन्। साथै स्थानिय तहसँग जनताको अपेक्षा र चाहना धेरै हुने गरेकोले बिगतको तुलनामा सँघ सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदानमा कटौती हुने गरेको पुरा हुन नसकेको बताएका छन्। स्थानीय तहबाट जनताले सुबिधाहरू पाउन राजश्व समेत बुझाउनु पर्नेमा प्रमुख प्रशासकीय अधिकृत ओझाले जोड दिँदै जनप्रतिनिधि र कर्मचारीको सहकार्यमा विश्रामपुर गाउँपालिका निर्वाधरुपमा अगाडि बढिरहेको बताएका छन्।गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो ( जुबेर भाई)ले गाउँसभाको अध्यक्षता गर्दै गाउँपालिकाले समावेशी, दिगो विकास र नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकता दिएको बताएका छन । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा, कृषिको आधुनिकीकरण तथा रोजगारी सिर्जनालाई केन्द्रमा राखिएको बताउदै अध्यक्ष भुट्टोले गाउँको समग्र विकासका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन । गाउँसभामा गाउँपालिकाको पालिकाको ५ वटा वडाका वडाध्यक्षहरू गाउँ सभा सदस्यहरु,गाउँपालिकाका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, नागरिक समाजका अगुवाहरू लगायतको उपस्थिति रहेको थियो।भने कार्यक्रममा सँचालन स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेनले गरेका थिए ।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >