बारामा दुई सय किलो भन्दा बढिको गाँजासहित ४ जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20250628-WA0001

बारा, १४ असार । बारामा दुई सय किलो भन्दा बढिको गाँजासहित ४ जना पक्राउ परेका छन। परवानिपुर गाँउपालिका-५ बहुअरी स्थित गण्डक नहरको सडक खण्डमा सवारी साधन तथा पैदल यात्री समेतलाई चेकजाँच गर्ने क्रममा हेटौंडाबाट प्रसौनी गण्डक तर्फ आउदै गरेको प्रदेश ०३-०१-०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई चेक जाँच गर्ने क्रममा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेम प्रसाद नेपालको कमाण्डमा ईलाका प्रहरी कार्यालय सिमरा र प्रसौनी बाट विशेष सुचनाको आधारमा खटिएको संयक्त प्रहरी टोलिले २ सय १२ किलो ९२८ ग्राम लागु औषध गाँजा बरामद गरेको हो।प्रहरीले मकवानडुरको थाहा नगरपालिका वडा नं. ४ तालुङ बस्ने प्रदेश ०३-०१-०२४ च ४६३० नम्वरको सेतो रंगको पिकअप गाडीको चालक अन्दाजी २८ वर्षीय रबि कार्की,पिकअप गाडीमा सवार सोही पालिका का वडा नं.१२ टिसटुङ बस्ने अन्दाजी ४६ वर्षीय बिर बहादुर गोले, मकबानपुरको हेटौडा नगरपालिका वडा नं. १४ बस्ने उतरपानी बस्ने अन्दाजी २३ वर्षीय साजन मुक्तान र धादिङको थाक्रे गाँउपालिका वडा नं. ७ आपसी चौक बस्ने अन्दाजी ३१ को महेश तामाङलाई पक्राउ गरेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रवक्ता पण्डितले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >