जीर्ण नारायणी रंगशाला बनाउने तयारीमा सरकार

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
TL-Chaudhary-Khelkudmantri-Youth-and-Ministry-of-sports

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक दशकदेखि जीर्ण अवस्थामा रहेको वीरगन्जको नारायणी रंगशालाको निर्माण प्रक्रिया अगाडि बढाइने बताएका छन् । रंगशालाको आइतबार निरीक्षण गर्दै मन्त्री चौधरीले आफ्नै कार्यकालमा बन्ने विश्वास दिलाए । ‘तीन दिनअघि सोसल मिडिया र विभिन्न सञ्चारमाध्यमबाट रंगशालाको अवस्थाबारे थाहा पाएँ । त्यसपछि निरीक्षण गर्न आएको हुँ । यही सरकारको पालामै नेपालकै पुरानोमध्ये एक रंगशाला निर्माण हुनेछ,’ उनले भने, ‘सरकार कुनै पनि हालतमा बनाउने मानसिकता छ ।’ 

मघेश प्रदेशले ०८२ मा ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न मुख्य रंगशालाका रूपमा नारायणीलाई प्रयोग गरिने मन्त्री चौधरीले बताए । ‘अर्को वर्ष मधेशले राष्ट्रिय खेलकुद गराउने योजना रहेको छ । सोही प्रतियोगितालाई मध्यनजर गरी यहाँको रंगशाला निर्माण गरिनेछ,’ उनले भने, ‘जीर्ण भौतिक संरचना समयमै निर्माण हुनेछ ।’ नारायणी रंगशालालाई राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न मिल्ने गरी बनाउन लगानी गर्नुपर्ने उनको भनाइ छ । ‘जीर्ण रंगशालामा अहिलेदेखि लगानी गरे आगामी दिनमा रंगशाला राम्रो हुने हो, अर्को वर्ष मधेशमा ११औँ राष्ट्रिय खेलकुद गराउने योजना रहेको छ,’ मन्त्री चौधरीले भने, ‘राज्यले लगानी गरेर जीर्ण रंगशाला समयमा बनाउने प्रमुख दायित्व हो ।’ 

उनले रंगशाला विदेशी दाताको सहयोगमा बनाउने सम्झौता अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘रंगशाला बनाउन विदेशी दाताहरूसँग छलफल गरिरहेका छौँ । सम्झौता अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘अर्को सालमा यो रंगशालामा भएको काम देखिने भएकाले दसैँअगि पुनः अनुगमन गर्न आउनेछु ।’ उनले नारायणी रंगशाला मधेशको मात्र नभई राष्ट्रकै हुने दाबी गरे । 

संघ र मन्त्रालयसँग दुईपटक छलफल
मधेश सरकारका युवा तथा समाजकल्याणमन्त्री प्रमोद जैसवालले नारायणी रंगशाला बनाउन संघ र प्रदेशका सम्बन्धित मन्त्रालयसँग दुईपटक छलफल भएको बताए । ‘यही सालमा विदेशी सरकारको सहयोगमा नारायणी रंगशाला निर्माणको काम थाल्ने गरी अगाडि बढ्नेछ, नभए संघ र प्रदेश सरकार मिलेर रंगशाला बनाउने तयारी हुनेछ,’ जैसवालले भने । 
सरकारले विदेशी दाताबाट निर्माण बनाउने मुख्य उद्देश्य रहेकाले नारायणी रंगशाला निर्माणमा यसपटक बजेट हाल्न नसकिएको उनको भनाइ छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजाराले पनि कतार सरकारसँग नारायणी रंगशाला निर्माण गर्न सम्झौताको तयारी पनि अगाडि बढेको बताए ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >