अख्तियारको पत्रपछि छानबिन गर्न मन्त्रालयले रोक्यो ट्रायल र लाईसेन्स परीक्षा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240225-144009_Chrome-780x470

तायात ब्यवस्था कार्यालय वीरगञ्जमा हुदै आएको सवारी चालक अनुमति पत्रको ट्रायल र लिखित परीक्षामा रोक लागेको छ ।

मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयले पत्र पठाएर कार्यालयलाई लाईसेन्स सम्बन्धित ट्रायल र लिखित परीक्षा सञ्चालन गर्न रोक लगाएको हो ।

भदौ १३ र १४ मा लिईने लिखित परीक्षा र प्रयोगात्मक परीक्षा पश्चात यस मन्त्रालयको अनुमति विना कुनै वर्गको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन नगर्न/नगराउन मन्त्रालयको पत्रमा भनिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले मन्त्रालयमा पत्राचार गरेपछि लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गर्न कार्यालयललाई पत्र पठाइएको प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयका सूचना अधिकारी सुनिलकुमार शाहले जानकारी दिए ।

अख्तियारमा यातायात कार्यालय वीरगञ्जले सवारी चालक अनुमति पत्र वितरण गर्दा लिईने ट्रायल र लिखित परीक्षामा अनियमितता भएको उजूरीको छानबिनको लागि लाईसेन्स परिक्षा र ट्रायल रोकिएको उनले बताए ।

आयोगले उजूरीको बिषयमा छानबिन गरी राय पठाउन भनेकाले हामीले यातायात कार्यालय वीरगञ्जको ट्रायल र लिखित परीक्षा रोक्न पत्र पठाएर रोकेका हौ,उनले साझेदारी दैनिकसंग भने । उजूरीको बिषयमा छानबिन गर्न र अख्तियारले पठाएको पत्रको जवाफ दिनको लागि रोकिएको हो ।

अख्तियारले यातायात कार्यालय वीरगञ्जमा लाईसेन्स वितरण कार्यमा भईरहेको अनियमितताको उजूरीको बिषयमा छानबिन अघि बढाएपछि बितेको शुक्रबार नै प्रदेशको मन्त्रालयको टोली यातायात कार्यालय वीरगञ्जमा आएर छानबिनको लागि बिभिन्न फाईलहरु सँकलन गरेर ल्याइएको शाहको भनाई छ ।टोलीले ट्रायलको सिसिटीभी फुटेज समेत लिएर गएको छ ।

यातायात कार्यालय वीरगञ्जमा सवारी लाईसेन्सको लागि बिचौलिया मार्फत रकम तिर्नुपर्ने अवस्था रहेको सर्ब साधारणहरुको गुनासो छ । प्रदेश मातहत रहेको यातायात कार्यालय अहिले मधेसको आठ वटै जिल्लाहरुमा विस्तार गरिएको छ ।

प्रदेशका आठवटै जिल्लाहरु मध्ये वीरगञ्जमा रहेको यातायात ब्यवस्था कार्यालयमा घुस र अनियमितता हुने गरेको छ । यस कार्यालयमा भ्रष्टाचार समेत बढी हुने गरेको छ ।

बिना घुस रकम दिए लाईसेन्सको ट्रायलमा जानीजानी फेल गराउने कार्य हुने गरेको आम सर्ब साधारणहरुको गुनासो छ । अख्तियारमा पनि यस कार्यालयको बारेमा थुप्रै उजुरीहरु रहेको अख्तियारले नै बताउने गरेको छ।

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >