पर्सा प्रहरीले ५८ लाख ८६ हजार ३० बराबरको मालबस्तुहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा असोज ७ गते राती ८:१५ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २५ स्थित आई.सि.पी चोकबाट बा ३ ख ९८४५ नम्बरको मालबाहक ट्रकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
साथमा रहेको विल विजक भन्दा बढीका कस्मेटिक लगायतका मालबस्तुहरू लोड गरी वीरगञ्जबाट काठमाण्डौतर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सो मालबाहक ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जनाए।
५८ लाख ८६ हजार ३० रुपैया बराबरका कस्मेटिक लगायतका मालबस्तुहरूको बिलबिजक सन्कास्पद देखिएकाले नियन्त्रणमा लिई ट्रकलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डिएसपी भारतीले जानकारी दिए।