भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न राप्रपाको माग

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
karbahi-maag2024-09-29-05-41-41

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न सुझाव दिएको छ। आइतबार बसेको सर्वदलीय बैठकमा राप्रपाले विपद्को समयमा भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न सुझाव दिएको हो।

बैठकपछि बोल्दै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले बैठकमा पार्टीले आठबुँदे सुझाव दिएको जानकारी दिए। 

‘विपद्को समयमा हवाई भाडादरमा कालोबजारी गर्ने मनलाग्दी लुट्नेलाई कारबाही गर भनेर हामीले सुझाव दिएका छौँ‚’ उनले भने।

साथै, उनले रात्रिकालीन बस सञ्चालन नगर्ने निर्णय भए पनि झ्याप्ले खोलामा मानिसहरूको ज्यान जाने गरी सवारी चलाइएको विषयमा पनि प्रश्न उठाइएको बताए।

‘सरकारले दुई दिनअगाडि रात्रिकालीन बस नचलाउने निर्णय गरेको थियो। सरकारको काम निर्णय कार्यान्वयन गराउने हो नि‚’ उनले भने‚ ‘झ्याप्ले खोलामा मानिसहरूले ज्यान गुमाए। सरकारको निर्णय अटेर गर्ने सम्बन्धित निकायलाई कारबाही हुनुपर्छ।’

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >