रौतहटमा बाढीले १ हजार २ सय ४५ घर डुबानमा, तीन जनाको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
rautahat-1-

विरगन्ज,१३असोजः अविरल वर्षासँगै नदी र खोलाहरुमा आएको बाढीबाट रौतहटमा १ हजाार २ सय ४५ वटा घर डुबानमा परेको छ ।यस्तै तीन जनाको मृत्यु भएको छ ।दुर्गा भगवती गाउँपालिका ४ पचरुखिका ३५ बर्षीय राजकुमार मुखियाको माछा मार्नेक्रममा डुबेर मृत्यु भएको हो भने परोहा नगरपालिका ७ नरकटीयाकी १४ बर्षिया आशा कुमारी साहको भने घाँस काट्न जाँदा जमेको पानीमा डुबेर मृत्यु भएको हो । यस्तै बौधिमाई नगरपालिका २ ईनरवाका १४ बर्षीय अनिल महतोको भने आफ्नै ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढीबाट ६ जना सामान्य घाइते भएका छन् भने १ हजार ८ सय ५ परिवार विस्थापित भएका छन् । यस्तै १ सय २३ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगै बागमती ,लालबकैया लगायत विभिन्न नदी र खोलामा आएको बाढीले रौतहट जिल्लाको १८ पालिकामध्ये १३ वटा पालिका प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

वर्षा र बाढीबाट वृन्दावन, गढीमाई,माधव नारायण, गौर, राजदेवी, ईशनाथ, परोहा, बौधिमाई, मौलापुर, देवाही गोनाही , कटहरिया नगरपालिका,दुर्गा भगवती, र यमुनामाई गाउँपालिका बढी प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >