बिरगंज-१४ असोज : गृहमन्त्रालयले यही असोज १० गतेदेखि १२ गतेसम्म देशमा परेको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २०९ जना पुगेका जनाएको छ।
मन्त्रालयलका प्रवक्ता ऋषिराम तिवारीले २०९ जनाकोमृत्यु, २९ जना बेपत्ता र १४२ जना घाइते भएका जानकारी दिए। खोज तथा उद्धार कार्य जारी रहेको र आजसम्म ७१३ जनाको हवाई उद्धार भएको पनि मन्त्रालयले जनाएको छ।
नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुरलगायतका स्थानबाट घाइते, विरामी तथा अलपत्र परेकाको उद्धार गरिएको उनले बताए।
उनका अनुसार राहत वितरण एकद्वार प्रणालीबाट गरिने जनाइएको छ।