बारा प्रहरीद्वारा दुई महिनामा नौ करोड एकावन लाख भन्दा बढी को माल सामान बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20240718_231311

बिरगंज-१६असोज : जिल्लाप्रहरी कार्यालय बाराले चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावण देखि भदौ महिनामा ९ करोड ५१ लाख रुपैयाँ भन्दा बढीको मालसामान बरामद गरेको छ।
जिल्लाका विभिन्न ठाउँबाट सोअवधि को दुई महिनामा सबैभन्दा बढी ९ करोड ५१ लाख २७ हजार २८
रुपैयाँको सामान बरामद गरिएको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले प्रगति विवरण
सार्वजनिक गर्दै जानकारी दिएका छन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय बारामा ठाडो उजुरी २ सय १६ दर्ता मा १ सय ५८ फर्छौट भएको छ भने ५८ वटा
फर्छौट हुन बाकी रहेको प्रहरीले जनाएको छ ।
घाउजाँच १ सय २२ उजुरी दर्ता भएको छ भने जिल्ला प्रशासन कार्यालय बाराबाट १ सय ४३ उजुरी
आएकोमा १ सय १ वटा उजुरी फर्छौट भएको छ भने ४२ वटा उजुरी फर्छौट हुन बाकी रहेको छ ।
बारामा दुई महिनामा कुल ४ सय ८१ वटा उजुरी दर्तामा २ सय ५१ वटा फर्छौट भएको छ । २ सय २२ वटा
उजुरी फर्छौट हुन बाकी रहेको छ ।
त्यसैगरी अपराध सम्बन्धी २ सय ६२ वटा मुद्दा दर्ता भएको छ भने ५२ वटा फर्छौट भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अदालतबाट बिभिन्न मुद्दामा कैद जरिवना तोकेको १८ जना फरार रहेका प्रतिवादी पक्राउ गरेको छ ।
उक्त फरार प्रतिवादीहरुलाई अदालतबाट १ वर्ष २ महिना दिन कैद र ६ लाख ६६ हजार १६ रुपैयाँ जरिवाना
संकलन गरेको छ ।
प्रहरीले लागूऔषध गाँजा – ३ सय ११ किलो १ ग्राम,फेनारगन– २ सय २४,ब्रुनो फिन–२ सय
२४,डाईजोपाम– २ सय २४,डाईजेपा म –२ सय २४,ट्रामाडोल – ३० पिस,नाईट्रोभेट– १० पिस,हिरोईन ९२
किलो ३ सय ५० ग्राम र अफिम १० ग्राम प्रहरीले बरामद गरेको छ ।
त्यस्तै दुई महिनामा महिला सेलमा ४ सय ४६ उजुरी दर्तामा २ सय ९८ फर्छौट भएको छ। ६९ जना
महिला ,बालबालिका तथा जेष्ठनागरिकहराएका मध्ये २७ जना प्रहरीले फेला परेको जानकारी दिएको छ ।
त्यसैगरी बारामा १ सय ६२ वटा सवा री दुर्घदुर्घटनामा ३ सय ५ जना घाइते भएका छन् । १२ जना को मृत्यु भएको
प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले ५ हजार ८७ जनालाई कार्वाही गरेको छ। कार्वाही बापत २० लाख ६१ हजार पाँच सय
रुपैयाँ राजस्व संकलन गरेको प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >