बारास्थित गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाका लागि आज शोभा यात्रा निकालिएको

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
MixCollage-03-Oct-2024-07-51-PM-4088

वीरगन्ज । बारास्थित गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाका लागि आज शोभा यात्रा निकालिएको छ । बरियारपुरस्थित गढीमाई मन्दिरको प्राङ्गणबाट बाजागाजासहित भव्य शोभायात्रा निकालिएको हो । आगामी मङ्सिरमा लाग्ने गढीमाई पञ्चवर्षीय मेलाका लागि बिहीबार बिहानदेखि भव्य शोभा यात्रा निकालिएको गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जानकारी दिएको छ ।शोभा यात्रा अहिले जिल्लाका विभिन्न ठाउँमा परिक्रममा गरिरहेको मेला समितिले जनाएको छ । हात्ती, घोडा उँट, झाकी दुलदुल घोडा, बाजागाजासहित विभिन्न देवी देवतामा सजिएका देवहरू सहितको शोभा यात्रा निकालिएको गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जानकारी दिएको छ । शोभा यात्रामा ५० हजार भक्तजनहरूको सहभागिता रहेको समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जनाए । उनकाअनुसार मन्दिर परिसरबाट निस्किएको शोभायात्राले कलैया उपमहानगरपालिका लगायत १३ गाउँको २० किलोमिटर परिक्रमा गर्नेछ । शोभा यात्रा बरियारपुर गाउँ हुँदै इनरुवा चोक, तेलकुवाचोक देखि नहर हुँदै बसतपुर चोक, मटिअर्वादेखि शितलपुर–बिशमरपुर, कलैया भरत चोक, गुप्ता पेट्रोल पम्प, अन्सारी पेट्रोल पम्प, अदालत रोड, रामपुर–बिजुलपुरदेखि गञ्जभवानीपुर–दहियार हुँदै पुनः मन्दिरमा पुगी समापन हुने मेला आयोजक समितिले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >