बारास्थित गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाका लागि आज शोभा यात्रा निकालिएको

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
MixCollage-03-Oct-2024-07-51-PM-4088

वीरगन्ज । बारास्थित गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाका लागि आज शोभा यात्रा निकालिएको छ । बरियारपुरस्थित गढीमाई मन्दिरको प्राङ्गणबाट बाजागाजासहित भव्य शोभायात्रा निकालिएको हो । आगामी मङ्सिरमा लाग्ने गढीमाई पञ्चवर्षीय मेलाका लागि बिहीबार बिहानदेखि भव्य शोभा यात्रा निकालिएको गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जानकारी दिएको छ ।शोभा यात्रा अहिले जिल्लाका विभिन्न ठाउँमा परिक्रममा गरिरहेको मेला समितिले जनाएको छ । हात्ती, घोडा उँट, झाकी दुलदुल घोडा, बाजागाजासहित विभिन्न देवी देवतामा सजिएका देवहरू सहितको शोभा यात्रा निकालिएको गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जानकारी दिएको छ । शोभा यात्रामा ५० हजार भक्तजनहरूको सहभागिता रहेको समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जनाए । उनकाअनुसार मन्दिर परिसरबाट निस्किएको शोभायात्राले कलैया उपमहानगरपालिका लगायत १३ गाउँको २० किलोमिटर परिक्रमा गर्नेछ । शोभा यात्रा बरियारपुर गाउँ हुँदै इनरुवा चोक, तेलकुवाचोक देखि नहर हुँदै बसतपुर चोक, मटिअर्वादेखि शितलपुर–बिशमरपुर, कलैया भरत चोक, गुप्ता पेट्रोल पम्प, अन्सारी पेट्रोल पम्प, अदालत रोड, रामपुर–बिजुलपुरदेखि गञ्जभवानीपुर–दहियार हुँदै पुनः मन्दिरमा पुगी समापन हुने मेला आयोजक समितिले जनाएको छ ।

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >