हेलिकप्टर प्रयोग गरेर भए पनि राहत बाँड्नुस्: गृहमन्त्री

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Ramesh_Lekhak_Gl0RR0BsGy

गृहमन्त्री रमेश लेखकले हेलिकप्टर प्रयोग गरेर भए पनि खोज, उद्धार र राहत वितरण गर्न निर्देशन दिएका छन्।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्। ‘विपद्को समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर काम गर्नुपर्छ, ललितपुरमा ४५ जनाको मृत्यु भएको तथ्यांक छ र सरकारले दिने रु. दुई लाख राहत ३९ जनाले पाउनुभएको छ’, उनले भने, ‘बाँकी ६ जनाले पनि तत्कालै पाउनुहुन्छ।’

उनले अहिलेको संविधान कानुनले चार तहको संरचना तय गरेको भन्दै चारवटै विपद् व्यवस्थापनका संयन्त्र जोडिएर मिलेर काम गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले घर पूर्ण क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि प्रतिघर रु. ५० हजार उपलब्ध गराउने व्यवस्था रहेको बताए।

उनले तथ्याङ्क उपलब्ध भएको तीन दिनभित्र रकम उपलब्ध गराउने प्रतिबद्धता जनाए।

प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले विपद् क्षेत्र घोषणा भएका स्थानीय तहलाई सडक मर्मतमा ध्यान दिन आग्रह गरे।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >