घुमुवा प्रहरी हुँ भन्दै रकम असुली गरेको आरोपमा एक जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Untitled-design-1728886376

रौतहटमा घुमुवा प्रहरी हुँ भन्दै ठगेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार राति साढे ९ बजे परोहा नगरपालिका-२ बस्ने ३५ वर्षीय सुनिलकुमार बैठालाई पक्राउ गरेको हो।उनले घुमुवा प्रहरी हुँ भन्दै सर्वसाधरणसँग रकम असुल गर्न खोजेको, विभिन्न व्यक्तिहरूको जिउ तलासी लिएको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जिङगड्वा रौतहटबाट खटिएको टोलीले परोहा-२ लालबकैया पुलबाट पक्राउ गरेको हो।उनले बोकेको झोलाबाट १७ हजार ९३५ रुपैयाँ, लागु औषध नाइट्राभेट १० पिस, २२ पुरिया गाँजा (२०० ग्राम) एउटा मोटरसाइकल लगायत बरामद भएको हो।उनलाई कार्यालयले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >