भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको छ : प्रभु साह

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Prabhu-Saha

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘भ्रष्ट नेता’लाई जनस्तरबाटै बहिष्कार गर्नुपर्ने बताएका छन् । मुलुकमा भ्रष्टाचार, अनियमितता एवं कुशासन बढदै गईरहेको बताउदै उनले भ्रष्टाचारीलाई बहिष्कार नगरेसम्म मुलुक नबन्ने दाबी गरे ।

बडादशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा बाराको कोल्हबी र रौतहटको फतुवा बिजयपुर नगरपालिकाको दुधिअवामा आज आयोजित छुटाछुट शुभकामना अदानप्रदान एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले समृद्ध मुलुक निर्माणका लागि भ्रष्टाचारलाई जनकारवाही गर्नैपर्ने बताए ।

‘दिनदिनै मुलुकमा भ्रष्टाचार बढदै गईरहेको छ । आम जनता लाचार बनेका छन् । भ्र्रष्ट नेताहरुकै शासन व्यवस्थामा हालीमुहाली रहेको छ । उनीहरुले जनताको पैसा जसरी पनि लुटने धन्दा गरिरहेका छन्’ आजपा अध्यक्ष साहले भने, ‘समृद्ध नेपाल निर्माणका लागि सबैभन्दा पहिला भ्रष्ट नेताहरुलाई बहिष्कार गर्नैपर्छ । उनीहरुलाई सरकारले पनि कारवाही कारवाही गर्नुको साटो संरक्षण दिईरहेकाले अब त्यस्त भ्रष्टहरुलाई जनकारवाही गर्न आम जनता तयार हुनुपर्छ ।’

ठुला दलका शीर्ष नेताहरु भ्रष्टाचारमा संलग्न भएको र भ्रष्टाचार गरेको पुष्टि हुँदाहुँदै पनि एकले अर्कोलाई कारबाही हुनबाट जोगाउने र देशमा लुटेर विदेशमा पैसा थुपार्ने काम भईरहेकाले आम जनताले गाउँगाउँबाट आवाज उठानुपर्ने उनको भनाई छ ।

काण्डैकाण्डले मुलुक बदनाम भएको उनले बताए । गिरीबन्धु टि–स्टेट देखी ललिता निवास लगायतका सयौं काण्डमा ठुला नेताहरुकै संलग्नता पुष्टि भईसकेको उनले बताए । तर सरकार र भ्रष्टाचार निवारण गर्ने निकायहरुले त्यस्तालाई कारवाही गर्नुका साटो पुरस्कृत गर्ने काम गरिरहेको आरोप उनले लगाए ।

‘सरकारकै संरक्षणमा भ्रष्टाचार भईरहेको छ । उनीहरु आफै संलग्न छन् । भ्रष्टाचार निवारण गर्ने, भ्रष्टाचारीलाई कारवाही गर्ने निकाय कमिसन लिएर मौन बसेको छ, लाग्छ की उसलाई केही थाहा नै छैन्’ साहले भने, ‘यि सबै मिलेर मुलुक लुटेका छन् । नेपालमा लुटने र अकुत सम्पती विदेशमा थुपार्ने काम यिनीहरुले गरिरहेका छन् । आज मुलुक कंगाल बनेको छ, आर्थिक अवस्था संकटमा छ । तपाई हामी कहिलेसम्म चुप लागेर बस्ने ? अब आवाज नउठाए हाम्रा सन्ततीहरुले हामीलाई नै गाली गर्नेवाला छन् ।’

राज्यको हरेक निकायमा भ्रष्टाचार बढेको उनले बताए । बिनाखुस कुनै काम नहुने बताउँदै प्राप्त खुस लतदेखी माथी मन्त्रीहरुसम्म पुग्ने गरेको उनले आरोप लगाए । जुन देशका प्रधानमन्त्री, मन्त्रीहरु नै भ्रष्टाचारमा लिप्त भएपछि त्यहाँ समृद्धिको कल्पना गर्नु भनेको दिवा सपना हेर्नु मात्रै भएको टिप्पणी उनले गरे ।

मुलुकमा रोजगार दिन नसकेको सरकार वैदेशिक रोजगारीमा जाने कामदारसँग पनि घुस लिईरहेको उनले बताए । साथै, उनले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको पनि बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको आजपा अध्यक्ष साहको आरोप छ । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनु्पर्ने र त्यसका लागि आम जनताले नै आवाज उठानुपर्ने उनले बताए ।

‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुको खुनपसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ’ उनले भने । असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्यूलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरे । यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >