मनकामना केबलकार असोज २९ देखि तीन दिन बन्द हुने

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Manakamana-Cable-Car-Photo-Manakamana-Darshan-Pvt-Ltd-1024x624 (1)

बिरगंज २८ असोज, । मनकामना केबलकार असोज २९ गतेदेखि तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो ।

दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो । आज द्वादशीको एक दिन भने केबलकार चलाइएको छ । दशैंको टीका लगाउन गएकाहरुलाई आउ–जाउ गर्न सहज होस् भनेर आज एक दिन खुला गरिएको र भोलिदेखि तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

मनकामना केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको छ । त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी छन् । ती काम असोज २९ र ३० गते काम सकिने अनुमान छ । १ गते विश्राम गरेर कात्तिक २ गतेदेखि सेवा सुरु गरिने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >