पर्साको मितेरी पुलमा एसएसबीले चलायो गोली

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1729002032-CJGP5

वीरगंज (पर्सा), २९ असोज । नेपाल भारतको मुख्य प्रवेशद्वारा वीरगंज रक्सौल नाका स्थित दशगज्जा क्षेत्रमा मंगलबार दिउँसो गोली चलेको छ । वीरगंज रक्सौल नाकाको मित्तेरी पुलदेखि २० मिटर उत्तर नेपाली भूमिमा आएर भारतीय एसएसबीले गोली चलाएको स्थानीयहरुले बताएका छन् । भारतीय भूमिबाट चारजना व्यक्तिलाई लखेट्दै आएको भारतीय एस.एस.बी.ले नेपाली भूमिमा प्रवेश गरेर गोली चलाएको स्थानीय प्रत्यक्षदर्शीहरुको भनाई छ ।

भारत तर्फबाट नेपाल तर्फ ठेलामा केही सामान लिएर आईरहेका दुई महिला दुई पुरुषलाई भारतीय एसएसबीले लखेट्दै शंकराचार्य गेट स्थित नेपाली भूमिमा प्रवेश गरेर भुइँमा गोली चलाएको बताइएको छ । कबाड संकलन गर्ने ति चारैजना महिला तथा पुरुषलाई भारतीय सीमावर्ती गाउँ अहरिवा टोलाबाट एसएसबीका एकजना जवानले लखेट्दै लखेट्दै नेपाली भूमिमा प्रवेश गरि गोली चलाएका प्रत्यक्षदर्शीको भनाई छ । एसएसबीले चलाएको गोली भने कसैलाई लागेको छैन ।

एसएसबीले गोली चलाएपछि कबाडीहरू नेपालतर्फ भागेका थिए । कबाड संकलन गर्ने ति कबाडीहरु नेपालका हुन् अथवा भारतका खुल्न सकेको छैन भने एसएसबीले गोली चलाउनुको कारण पनि हालसम्म खुल्न सकेको छैन । गोली चलेको घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले गोली नै चलेको भनेर पुष्टि नभएको बताए । उनले भने ‘घटनास्थलबाट एउटा गोलीको खोका भेटिएको छ, तर गोली नै चलाइएको छ भनेर पुष्टि भएको छैन, अनुसन्धान भइरहेको छ’ । उनका अनुसार नेपाल-भारत सीमास्थित मितेरी पुलको छेउमा रहेको नेपाली भू-भागमा ‘इन्सास राइफलमा लाग्ने एउटा गोलीको खोका भेटिएको बताए ।

घटना भएपछि तत्कालै जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय १३ नम्बर गणका प्रतिनिधि सहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो तर गोली चलेको ६ घण्टासम्म पनि के कारणले गोली चलाइएको छ भने खुल्न सकेको छैन । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले घटनाबारे छलफल चलिरहेको बताए । उनले भने ‘यही घटनाको विषयमा हामी छलफलमा छौं, अहिले तत्कालै केही भन्न सकिँदैन’ । साँझ करिब ६ बजेसम्म पनि गोली के कारणले चलेको भनेर पुष्टि हुन सकेको छैन ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >