लेबनानमा शान्ति सेनामाथि इजरायलबाट भएको आक्रमणको नेपालद्वारा निन्दा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
pararastra-mantralaya-final-1

लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको नेपालले कडा शब्दमा निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघको लेबनानस्थित मिसन (यूनिफिल) मा खटिएका शान्ति सैनिकमाथि भएको आक्रमणको
परराष्ट्र मन्त्रालयले निन्दा गर्दै घटनाको छानबिन गर्न आग्रह समेत गरेको छ ।

परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ, ‘नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएको आक्रमणको कडा शब्दामा निन्दा गर्दछ’ साथै ‘द्वन्द्वरत पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ ।’ मन्त्रालयले यस्ता कार्य तुरुन्त रोक्न र उचित छानबिन गर्न माग गरेको हो ।

यसैगरि लेबनानमा शान्ति सैनिक पठाउने नेपालसहित ३४ देशले संयुक्त विज्ञप्ति जारी गर्दै त्यहाँ शान्ति सैनिकमाथि भएको आक्रमणको विरोध गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्ने देशहरुमा नेपाल, आर्मेनिया, अस्ट्रिया, बंगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एल साल्भाडोर, इस्टोनिया, फिजी, फिनल्याण्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, आयरल्यान्ड रहेका छन् ।

यस्तै इटाली, काजाकिस्तान, दक्षिण कोरिया, लाटभिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्यान्ड, पोल्यान्ड, कतार, सियरा लियोन, स्पेन, श्रीलंका, टर्किए, बेलायत, उत्तरी आयरल्यान्ड र तान्जानियाले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्तिमा उनीहरूले शान्ति मिसनलाई पूर्णसमर्थन गर्ने र यसको उद्देश्य दक्षिण लेबनान र मध्य पूर्वमा स्थायित्व र दिगो शान्ति ल्याउनु रहेको उल्लेख गरेका छन् । विज्ञप्तिमा ‘हामी यूनिफिल शान्ति सैनिकमाथि हालै भएका आक्रमणहरूको कडा निन्दा गर्छौं । यस्ता कार्य तुरुन्त रोकिनुपर्छ र उचित छानबिन हुनुपर्छ ।’ साथै ‘हामी अन्तर्राष्ट्रिय कानुन, विशेषगरी संयुक्त राष्ट्रसंघको बडापत्र र सुरक्षा परिषद्का सान्दर्भिक प्रस्तावहरूको सम्मान गर्न आह्वान गर्छौं’ भनिएको छ ।

लेबनानमा नेपाली सेना पनि संयुक्त राष्ट्र संघको शान्ति सेनाको रुपमा खटिँदै आएको छ । संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने नेपालसहित ३३ देशले सोमबार संयुक्त विज्ञप्ति निकालेर इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेका हुन् । उनीहरुले दक्षिणी लेबनान र मध्यपूर्वमा शान्ति र स्थिरता कायम राख्न महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >