लेबनानमा शान्ति सेनामाथि इजरायलबाट भएको आक्रमणको नेपालद्वारा निन्दा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
pararastra-mantralaya-final-1

लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको नेपालले कडा शब्दमा निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघको लेबनानस्थित मिसन (यूनिफिल) मा खटिएका शान्ति सैनिकमाथि भएको आक्रमणको
परराष्ट्र मन्त्रालयले निन्दा गर्दै घटनाको छानबिन गर्न आग्रह समेत गरेको छ ।

परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ, ‘नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएको आक्रमणको कडा शब्दामा निन्दा गर्दछ’ साथै ‘द्वन्द्वरत पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ ।’ मन्त्रालयले यस्ता कार्य तुरुन्त रोक्न र उचित छानबिन गर्न माग गरेको हो ।

यसैगरि लेबनानमा शान्ति सैनिक पठाउने नेपालसहित ३४ देशले संयुक्त विज्ञप्ति जारी गर्दै त्यहाँ शान्ति सैनिकमाथि भएको आक्रमणको विरोध गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्ने देशहरुमा नेपाल, आर्मेनिया, अस्ट्रिया, बंगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एल साल्भाडोर, इस्टोनिया, फिजी, फिनल्याण्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, आयरल्यान्ड रहेका छन् ।

यस्तै इटाली, काजाकिस्तान, दक्षिण कोरिया, लाटभिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्यान्ड, पोल्यान्ड, कतार, सियरा लियोन, स्पेन, श्रीलंका, टर्किए, बेलायत, उत्तरी आयरल्यान्ड र तान्जानियाले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्तिमा उनीहरूले शान्ति मिसनलाई पूर्णसमर्थन गर्ने र यसको उद्देश्य दक्षिण लेबनान र मध्य पूर्वमा स्थायित्व र दिगो शान्ति ल्याउनु रहेको उल्लेख गरेका छन् । विज्ञप्तिमा ‘हामी यूनिफिल शान्ति सैनिकमाथि हालै भएका आक्रमणहरूको कडा निन्दा गर्छौं । यस्ता कार्य तुरुन्त रोकिनुपर्छ र उचित छानबिन हुनुपर्छ ।’ साथै ‘हामी अन्तर्राष्ट्रिय कानुन, विशेषगरी संयुक्त राष्ट्रसंघको बडापत्र र सुरक्षा परिषद्का सान्दर्भिक प्रस्तावहरूको सम्मान गर्न आह्वान गर्छौं’ भनिएको छ ।

लेबनानमा नेपाली सेना पनि संयुक्त राष्ट्र संघको शान्ति सेनाको रुपमा खटिँदै आएको छ । संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने नेपालसहित ३३ देशले सोमबार संयुक्त विज्ञप्ति निकालेर इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेका हुन् । उनीहरुले दक्षिणी लेबनान र मध्यपूर्वमा शान्ति र स्थिरता कायम राख्न महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >