गाजा शरणार्थी शिविरमा इजरायलको आक्रमण, ३३ जनाको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1-attack_yca3aITTP7

हमास समूहका कमाण्डार मारिएपछि पनि इजरायलले जारी राखेको पछिल्लो आक्रमणमा गाजामा ३३ जनाको मृत्यु भएको छ। 

उत्तरी गाजाको एउटा शरणार्थी शिविरमा भएको आक्रमणमा २१ महिलासहित ३३ जनाको मृत्यु भएको हमासका अधिकारीहरूले जनाएका छन्। जबालिया क्षेत्रमा भएको यो आक्रमणबारे इजरायलले कुनै प्रतिक्रिया दिइसकेको छैन। 

इजरायली सेनाले पछिल्ला केही हप्तादेखि घना आवादी रहेका शरणार्थी शिविरहरुलाई घेराबन्दीमा राखेको छ। यसै हप्ता इजरायलले गरेको आक्रमणमा हमासका प्रमुख कमाण्डर याह्या सिनवार मारिएका थिए। उनी मारिएसँगै इजरायलले आक्रमण बन्द गर्ने र हमाससमेत पछि हट्ने अनुमान गरिएको थियो। तर आक्रमण भने रोकिएको छैन। यसैबीच अमेरिकाले लेबनानमा युद्धविरामको सम्भावना रहेको बताएको छ। राष्ट्रपति जो बाइडेनले लेबनानमा युद्धविरामको दिशामा काम गर्ने सम्भावना रहेको भन्दै गाजामा भने युद्धविरामको सम्भावना कमजोर रहेको बताएका छन्। इजरायलले लेबनानमा हिजबुल्लाह समूह लक्षित आक्रमण जारी राखेको छ।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >