गुल्मीमा पेट्रोल भरेर स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा अचानक आगलागी भएको छ।
गुल्मी गुल्मीदरबार- ४ बस्ने ३० वर्षीय कृष्ण बुचाले गुल्मीकै तम्घास बसपार्कस्थित शिव शक्ति आयल स्टोर्समा आफ्नो मोटरसाइकलमा पेट्रोल भरे। पेट्रोल भरेपछि स्टार्ट गर्न खोज्दा एक्कासी आगो दन्किएको प्रत्यक्षदर्शीलाई उदृधत गर्दै प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट कृष्णको लु८प १०५३ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ।
मोटरसाइकल पूर्ण रुपमा क्षति भएपनि अन्य मानवीय तथा भौतिक क्षति हुन नपाएको प्रहरीले जनाएको छ।