जग्गा विवादका कारण धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति बारा प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20241031_173335

बारा जिल्ला, महागढीमाई नगरपालिका-१, सेमरा तेगछिया नयाँ टोलमा बस्ने ५५ वर्षीय भूमि सुधार भन्ने नारायण प्रसाद यादवको धारिलो हतियार प्रयोग गरी हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्। मिति २०८१/०७/१० गते साँझ ७:३० बजे पसलबाट घर जाँदै गरेका यादवलाई सडकखण्डमा टाउको र गर्दनमा प्रहार गरी हत्या गरिएको सूचना प्राप्त भएपछि बारा प्रहरी टोलीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान गरेको थियो।

प्रहरी अनुसन्धानका क्रममा सोही ठाउँका ६४ वर्षीय सोथाई चौधरी भन्ने सोथाई खाँ थारूलाई निजकै घरबाट पक्राउ गरिएको हो। जग्गा सम्बन्धी पुरानो विवादका कारण चौधरीले यादवको हत्या गरेको खुलेको छ। हत्यामा प्रयोग भएको २.५ इन्च चौडाई र १ फिट ७ इन्च लम्बाइ भएको फलामको खुकुरी मिति २०८१/०७/१५ गते चौधरीको घर पछाडि झाडीमा लुकाइएको अवस्थामा बरामद गरिएको बारा प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >