जोराको विस्फोटक ब्याटिङमा इंग्ल्यान्डमाथि नेपालको सानदार जित

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
465119057_986861780136869_1482203198300254763_n-1730427666

हङकङ सुपर सिक्सेस प्रतियोगितामा नेपालले इंग्ल्यान्डमाथि सानदार जित हात पारेको छ । ९८ रनको लक्ष्य पाएको नेपालले बिना क्षति १० बल बाँकी रहँदै सहज जित हात पारेको हो । निर्धारित ६ ओभरमा हङकङले एक बल बाँकी रहँदा अलआउट हुँदै ९७ रन बनाएको थियो ।

नेपालका लागि प्रतिश जीसीले ३ विकेट लिए भने विवेक यादव, लोकश बम र नारेन जोशीले एक एक विकेट लिए । टस हारेर पहिला ब्याटिङमा उत्रेको इंग्ल्यान्डका लागि कप्तान रवि बोपाराले विस्फोटक ब्याटिङ गरे । उनले नारेन जोशीलाई लगातार ५ छक्का हाने भने रासिद खानको एक ओभरमा २१ रन जोडे । स्मित पटेलले पनि १७ बलमा ३९ रन बनाए । 

 नेपालका लागि कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे । चार सयभन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गरेका उनी १२ बलमा ५० रन बनाएपछि रिटार्ड भए । त्यसपछि मैदानमा रासिद खान आएका थिए जसले ५ बलमा २१ रन बनाए ।  अर्का ओपरन लोकेश बमले ११ बलमा २० रन बनाए । क्रिकेटको सबैभन्दा यो छोटो प्रारुपमा एकतर्फ ७ जना मात्र खेलाडी हुन्छन् भने एक टिमले ६ ओभर ब्याटिङ गर्न पाउँछ । नेपाली टिम युवा छ भने इंग्ल्यान्डबाट लिजेन्डहरू छन् । 

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >