जोराको विस्फोटक ब्याटिङमा इंग्ल्यान्डमाथि नेपालको सानदार जित

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
465119057_986861780136869_1482203198300254763_n-1730427666

हङकङ सुपर सिक्सेस प्रतियोगितामा नेपालले इंग्ल्यान्डमाथि सानदार जित हात पारेको छ । ९८ रनको लक्ष्य पाएको नेपालले बिना क्षति १० बल बाँकी रहँदै सहज जित हात पारेको हो । निर्धारित ६ ओभरमा हङकङले एक बल बाँकी रहँदा अलआउट हुँदै ९७ रन बनाएको थियो ।

नेपालका लागि प्रतिश जीसीले ३ विकेट लिए भने विवेक यादव, लोकश बम र नारेन जोशीले एक एक विकेट लिए । टस हारेर पहिला ब्याटिङमा उत्रेको इंग्ल्यान्डका लागि कप्तान रवि बोपाराले विस्फोटक ब्याटिङ गरे । उनले नारेन जोशीलाई लगातार ५ छक्का हाने भने रासिद खानको एक ओभरमा २१ रन जोडे । स्मित पटेलले पनि १७ बलमा ३९ रन बनाए । 

 नेपालका लागि कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे । चार सयभन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गरेका उनी १२ बलमा ५० रन बनाएपछि रिटार्ड भए । त्यसपछि मैदानमा रासिद खान आएका थिए जसले ५ बलमा २१ रन बनाए ।  अर्का ओपरन लोकेश बमले ११ बलमा २० रन बनाए । क्रिकेटको सबैभन्दा यो छोटो प्रारुपमा एकतर्फ ७ जना मात्र खेलाडी हुन्छन् भने एक टिमले ६ ओभर ब्याटिङ गर्न पाउँछ । नेपाली टिम युवा छ भने इंग्ल्यान्डबाट लिजेन्डहरू छन् । 

ताजा खबर

लोकप्रिय

विश्रामपुर बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरीमाथि आर्थिक लेनदेन र तस्करीमा संलग्न रहेको आरोप, निष्पक्ष छानबिनको माग

बारा, असार ५। बाराको विश्रामपुर गाउँपालिका क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको बीओपी बरैनियामा कार्यरत सशस्त्र प्रहरी निरिक्षक सन्तोष चौलागाईंको कमाण्डमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक

पुरा पढ्नुहोस >

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >