कारागारको खानेपानी र शौचालयको समस्या तत्काल समाधान गर्न खानेपानीमन्त्री यादवको निर्देशन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
3333

बिरगंज। खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जस्थित कारागारको अनुगमन गर्नुभएको छ ।

शनिबार कारागार पुगेर मन्त्री यादवले त्यहाँको समस्याबारे जानकारी लिनुभएको हो ।

त्यस अवसरमा कैदीबन्दीले कारागारमा खानेपानीको अभाव भएको, शौचालय एउटा मात्रै भएको, भान्सामा समेत छाना नभएको लगायतका समस्या राखेको र आफूले तत्काल ती समस्या समाधानका लागि काम सुरु गर्न स्थानीय निकायलाई आग्रह गरिएको मन्त्री यादवले बताउनु भयो । स्थानीय तहका जनप्रतिनिधि र प्रहरी प्रशासनसहित कारागारमा पुग्नुभएका उहाँले ती समस्याहरु तत्काल समाधान हुने गरी काम गर्ने पनि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनुभयो ।

त्यस अवसरमा मन्त्री यादवले कारागार प्रशासनलाई कैदीबन्दीको आधारभुत आवश्यकता पूर्ति गर्ने दिशामा सचेत भएर काम गर्न पनि निर्देशन दिनुभएको थियो ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >