गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रभु साहको माग

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
prabhu-sah-jee-768x455 (1)

बारा । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारसंग माग गरेका छन् ।बाराको महागढीमाई नगरपालिका बरियारपुर स्थित गढीमाई मन्दिरमा आज आजपा जिल्ला कमिटीद्धारा आयोजित सर्वपक्षिय भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो माग गरेका हुन् ।

‘विश्वमै गढीमाईको प्रसिद्धि छ । विश्वले गढीमाईलाई चिन्छ । विश्व प्रसिद्ध गढीमाईलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हामी सबैले पहल गर्न आवश्यक छ । सरकारले ऐतिहासिक, धार्मिक, पर्यटकीय नगरी गढीमाईलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने मेरो आग्रह छ’ आजपा अध्यक्ष साहले भने, ‘यसको पर्यटकीय, धार्मिक पूर्वाधार निर्माणमा कसैको चासो छैन् । हामी यसलाई एक विशाल र भव्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चाहन्छौं । तर दुर्भाग्य सरकारको चासो नै छैन् ।’

विश्व प्रसिद्ध गढीमाईको पाँच बर्षीय मेला मंसिरमा लाग्दैछ । यसको तयारी स्थानीय तहमा तिब्ररुपमा भईरहेको छ । लाखौं भक्तश्रद्धालु आउने यस मेलाको व्यवस्थापन लगायतका क्षेत्रमा केन्द्रीय सरकार बुझेर पनि नबुझे जस्तो गर्नु दुखको बिषय भएको उनले बताए । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग `गढ़ीमाई मेलाको लागी तपाईको सरकारले के के गरेको छ ?’ भन्ने प्रश्न समेत गरेका छन् ।

केन्द्रीय सरकारका साथै मधेस प्रदेश सरकार समेत गढीमाईको विकास एंव मेलाका लागि बेखबर भएको टिप्पणी गरेका छन् ।

‘गढमाई पाँच बर्षमा लाग्ने गर्छ । लाखौं भक्तश्रद्धालु आउने गरेको हामी सानो उमेर हुँदादेखी नै देखिइरहेका छौं । तर केन्द्रीय सरकार यहाँ लगानी नगर्नु, पर्यटन मन्त्रालयले यसको बिकास, मेला व्यवस्थापनमा कुनै चासो नदिनु, ध्यान नदिनु मधेसका लागि दुर्भाग्य नै हो’ साहले भने, ‘वर्तमान सरकार गढीमाईको बिकास चाहेको छैन् । उ केवल राज्यको ढुकुटी लुटने खेलमा लागेको छ । म प्रधानमन्त्रीजीसंग आग्रह गर्न चाहन्छु तपाई मधेसको बिकास चाहेको हो भने गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्नुस्, काम गर्नुस् ।’

प्रधानमन्त्री केपी शर्मा ओली मधेसको बिकास कहिल्यै नचाहेको बताउदै उनले गढीमाई मन्दिर मधेसमा भएकै कारण सरकारले कुनै चासो नदिएको आरोप उनले लगाए । गढीमाई मन्दिरलाई जसरी पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले पहल गर्ने बताउदै उनले महागढीमाई नगरपालिकालाई एक धार्मिक, सांस्कृतिक शहरको रुपमा बिकास गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले आफू शहरी बिकास मन्त्री भएको बेला गढीमाईको नगरी महागढीमाईलाई स्मार्ट शहरको रुपमा विकासका लागि छनौट गरी बिभिन्न योजनाहरु राखेको स्मरण गरे ।

आजपा जिल्ला कमिटी बाराद्धारा आयोजित सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षहरू अशोक लामा, बिल्टू यादव महासचिब त्रिभुवन साह, उपमहासचिब चन्द्रभुषण साह तथा नगरप्रमुख उपेन्द्र यादव, गढ़ीमाई ट्रस्टको अध्यक्ष रामचन्द्र साह लगायतको विशेष सहभागिता रहेको थियो ।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >