आज भाइटीका, उत्तम साइत बिहान ११.३७ बजे

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
8838856755862398316

यमपञ्चक अर्थात् तिहारको आज पाँचौं दिन आइतबार भाइटीका पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाइटीका पर्व कार्तिक शुक्ल द्वितीयाका दिन मनाइन्छ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाएर मनाइँदैछ । टीकाका लागि आज बिहान ११ बजेर ३७ मिनेटमा उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

भाइटीकामा दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी, यमराज र यमुनाको पूजा गरेर दिदीबहिनीले दाजुभाइलाई पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गरिन्छ । दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी, यमराज र यमुनाको पूजा गरेर दिदीबहिनीले दाजुभाइलाई पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गरिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनिए पनि शास्त्रीय मान्यता अनुसार तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् समितिका अध्यक्ष अधिकारीले सुनाउनुभयो ।

दाजुभाइको निधारमा टीका लगाइदिएपछि दाजुभाइलाई फलफूल, मसला, सेलरोटीलगायतका मीठामीठा परिकार खुवाउने तथा उपहार दिने गरिन्छ । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा उपहार दिने चलन छ ।

दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११.३७ बजेको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताउनुभयो । यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यस्तो गर्दा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्म गर्दा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

दिदीबहिनी नहुनेका लागि भाइटीका गर्न आजको दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने गरिन्छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गएर टीका लगाउने गर्दछन् ।

ताजा खबर

लोकप्रिय

विश्रामपुर बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरीमाथि आर्थिक लेनदेन र तस्करीमा संलग्न रहेको आरोप, निष्पक्ष छानबिनको माग

बारा, असार ५। बाराको विश्रामपुर गाउँपालिका क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको बीओपी बरैनियामा कार्यरत सशस्त्र प्रहरी निरिक्षक सन्तोष चौलागाईंको कमाण्डमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक

पुरा पढ्नुहोस >

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >