पाकिस्तान रेलवे स्टेसनमा भएको विस्फोटमा मृत्यु हुने २५ पुगे

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Security officials examine the site of a bomb explosion at railway station in Quetta, southwestern Pakistan, Saturday, Nov. 9, 2024. (AP Photo/Arshad Butt)

पाकिस्तानको बलुचिस्तानअन्तर्गत क्वेटा सहरस्थित रेलवे स्टेसनमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ। उक्त हमलाको जिम्मेवारी बलुच लिबरेसन आर्मीले लिएको बीबीसीले जनाएको छ। विस्फोटमा हालसम्म ४६ जना घाइते भएको बताइएको छ।

अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने आशंका व्यक्त गरेका छन्। प्लेटफर्ममा १५० देखि २०० मानिस जम्मा भएको बेला विस्फोट भएको पाकिस्तानी प्रहरी प्रहरीले जनाएको छ।

बलुचिस्तानका मुख्यमन्त्रीले घटनाको निन्दा गर्दै आतंकवादी घटनाका जम्मेवार व्यक्तिहरूलाई नछाडिने बताएका छन्। इजरायली सेनाले गरेको पछिल्लो हवाई हमलामा दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएको लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दुई इजरायली लडाकु विमानहरूले मध्य टायरका दुई भवनहरूमा आक्रमण गरेका थिए। यसले ठूलो आगो निम्त्यायो र नजिकैको अपार्टमेन्टहरूलाई ठूलो क्षति पुर्‍याएको अन्तर्राराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा पुर्‍याएको छ। मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गर्दै अस्पतालहरूले रक्तदानको लागि तत्काल आह्वान गरेका छन्।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >