बिरगंज । बीरगंज महानगरपालिका वार्ड नम्बर १६ अन्तर्गतको बसपार्क क्षेत्र हाल वेश्यावृत्तिका कारण बदनाम हुँदै गएको छ। केहि स्थानीय गेस्टहाउसहरूमा खुलेआम वेश्यावृत्ति भइरहेको र सार्वजनिक सडकमै बार्गेनिङ भैरहेको स्थानीयले बताएका छन्। यसले गर्दा आवतजावत गर्ने सर्वसाधारण र सभ्य नागरिकहरूलाई कठिनाइ भोग्नुपरेको छ। एक स्थानीयका अनुसार, राति ८ बजेपछि आफ्ना छोरी-बुहारीसँग हिँड्न लाज लाग्ने अवस्था सिर्जना भएको छ। पछिल्लो समयसम्म व्यवस्थित रहेको यो क्षेत्र अहिले अव्यवस्थित र असभ्यताको केन्द्र बनेको छ।
पछिल्लो समय वीरगंजको बसपार्क क्षेत्र वेश्यावृत्ति क्षेत्रको रूपमा विकसित हुँदै गएको भन्दै स्थानीयवासी चिन्तित छन्। यस क्षेत्रमा अनैतिक गतिविधिहरूमा वृद्धि देखिँदा सुरक्षा र सामाजिक समस्याहरू बढ्न थालेको छ।
स्थानिय समुदायले प्रहरीले कडा कारबाही गर्नुपर्ने माग गर्दै, समाजमा शान्ति र मर्यादा कायम गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन्।
प्रहरीले यस क्षेत्रमा निगरानी बढाएको र यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न विशेष अभियान चलाइने जानकारी दिएको छ।