मानव तस्करी प्रकरण : ‘मन्त्री हुँ’ भन्दै प्रहरीबाट उम्किए अधिकारी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
lila-ballav-adhikari-koshi-uml

बिरगंज। मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी त्रिभुवन विमानस्थलबाट प्रहरीलाई धम्क्याएर उम्किएका थिए ।

अधिकारीले आफू मन्त्री भएको भन्दै परिचयपत्र देखाएर विमानस्थलबाट निस्किएका थिए ।

अधिकारीलाई जापानको टोकियोस्थित विमानस्थल अध्यागमन कार्यालयले मानव तस्कर समूहसँगको साँठगाँठमा उनले लगेका तीन युवासहित गत शनिबार नेपाल डिपोट गरेको थियो । प्रहरीले तीन युवासँगै अधिकारीलाई पनि पक्राउ गर्न खोजेको थियो ।

तर, अधिकारीबाहेकलाई मात्र पक्राउ गरिएको छ । अधिकारीसँगै रहेकी एक महिलालाई पनि प्रहरीशले छाडेको खुलेको छ ।

मानव तस्करको सेटिङमा अधिकारीले सँगै जापान लगेका रसुवाका कञ्चन देवकोटा, खोटाङका दावा शेर्पा र जनक राई हाल काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको हिरासतमा छन् ।

जनही १० देखि १३ लाख रुपैयाँ बुझाएर जापान गएको बयान उनीहरुले प्रहरीमा दिएका छन् । ती युवाको बयानका आधारमा प्रहरीले नुवाकोट विदुरका जुगल रिजाल, दोलखा जिरीका वीरबहादुर सुनुवार र धादिङ त्रिपुरासुन्दरीका महेश पाण्डेलाई पनि पक्राउ गरेको छ ।

अधिकारी ती युवालाई लिएर आर्ट्स काउन्सिल टोकियोले गरेको कार्यक्रममा सहभागी हुने भन्दै तीन जनालाई लिएर १४ कात्तिकमा जापान उडेका थिए ।

संघीय सरकार र प्रदेश सरकारको अनुमतिबिना मानव तस्कर समूहको डिजाइनमा जापान गएका अधिकारीले डिपोट भएर आएपछि राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीको दल एमालेका सांसद भएका कारण अधिकारीलाई प्रहरीले अनुसन्धानको दायार बाहिरै राखेको छ ।

ताजा खबर

लोकप्रिय

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >