मानव तस्करी प्रकरण : ‘मन्त्री हुँ’ भन्दै प्रहरीबाट उम्किए अधिकारी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
lila-ballav-adhikari-koshi-uml

बिरगंज। मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी त्रिभुवन विमानस्थलबाट प्रहरीलाई धम्क्याएर उम्किएका थिए ।

अधिकारीले आफू मन्त्री भएको भन्दै परिचयपत्र देखाएर विमानस्थलबाट निस्किएका थिए ।

अधिकारीलाई जापानको टोकियोस्थित विमानस्थल अध्यागमन कार्यालयले मानव तस्कर समूहसँगको साँठगाँठमा उनले लगेका तीन युवासहित गत शनिबार नेपाल डिपोट गरेको थियो । प्रहरीले तीन युवासँगै अधिकारीलाई पनि पक्राउ गर्न खोजेको थियो ।

तर, अधिकारीबाहेकलाई मात्र पक्राउ गरिएको छ । अधिकारीसँगै रहेकी एक महिलालाई पनि प्रहरीशले छाडेको खुलेको छ ।

मानव तस्करको सेटिङमा अधिकारीले सँगै जापान लगेका रसुवाका कञ्चन देवकोटा, खोटाङका दावा शेर्पा र जनक राई हाल काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको हिरासतमा छन् ।

जनही १० देखि १३ लाख रुपैयाँ बुझाएर जापान गएको बयान उनीहरुले प्रहरीमा दिएका छन् । ती युवाको बयानका आधारमा प्रहरीले नुवाकोट विदुरका जुगल रिजाल, दोलखा जिरीका वीरबहादुर सुनुवार र धादिङ त्रिपुरासुन्दरीका महेश पाण्डेलाई पनि पक्राउ गरेको छ ।

अधिकारी ती युवालाई लिएर आर्ट्स काउन्सिल टोकियोले गरेको कार्यक्रममा सहभागी हुने भन्दै तीन जनालाई लिएर १४ कात्तिकमा जापान उडेका थिए ।

संघीय सरकार र प्रदेश सरकारको अनुमतिबिना मानव तस्कर समूहको डिजाइनमा जापान गएका अधिकारीले डिपोट भएर आएपछि राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीको दल एमालेका सांसद भएका कारण अधिकारीलाई प्रहरीले अनुसन्धानको दायार बाहिरै राखेको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >