रवि लामिछानेलाई आइतवार पुन: अदालतमा पेश गरिँदै, रुपन्देही लैजाने तयारी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
rabi_vknmLPEAlt_S6f5UCXNss

बिरगंज: सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतवार चौथो पटक म्याद थपका लागि अदालत लगिने भएको छ। 

तेस्रो पटक थपिएको म्याद आज सकिएसँगै भोलि अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए। 

यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र तेस्रो पटक १० दिन म्याद थपिएको थियो। कार्तिक २ गते काठमाडौँमा पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ। 

भोलि म्याद थप भएमा रविलाई रूपन्देही लैजाने तयारी छ। रूपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारीको बचत रकम अपचलनबारे उनलाई पक्राउ पुर्जी जारी भइसकेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी लक्ष्मी खनालका अनुसार रविलाई रुपन्देही ल्याउन प्रहरी तयारी अवस्थामा रहेको छ।

ताजा खबर

लोकप्रिय

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >