उद्योगीहरुले बिलअनुसार महशुल तिर्नेगरी निर्णय गरेको छ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
dipak-khadka

ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लाल आयोगले प्रतिवेदनअनुसार उद्योगीहरूसँग डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउन सरकारले सहजिकरण गरेको बताउनुभएको छ ।

सोमबार साँझ पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले लाल आयोगले प्रतिवेदनमा दिएको सुझावका आधारमा प्राधिकरणले विद्युत महशुल उठाउन सहजिकरण गरेको बताउनुभएको हो । उहाँले डेडिकेटेड र ट्रंक लाइनको महशुल विवादलाई लामो समय अल्झाइरहन नहुने भएकाले मन्त्रिपरिषद्ले निर्णय गरेको बताउनुभयो ।

मन्त्री खड्काले मन्त्रिपरिषद्ले कुरा स्पष्ट रुपमा प्राधिकरणले बिल दिएर विद्युत प्रयोग गरेको प्रमाणित गरी उद्योगीहरुसँग महशुल उठाउने र बिलअनुसार उद्योगीहरुले महशुल तिर्नुपर्ने बताउनुभयो । उहाँले लाइन काटेर समस्याको समाधान नहुने भन्दै सरकारले सहजीकरण गरिदिएको बताउनुभयो ।

मन्त्री खड्काले टीओडी मिटरका आधारमा उद्योगीले महसुल तिर्नुपर्ने र प्राधिकरणले पनि २४ घण्टाभित्र लाइन जडान गर्न भनि मन्त्रिपरिषद्ले निर्णय गरेको बताउनुभयो । उहाँले काटिएका उद्योगमा विद्युत जोड्न नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठक बस्न आवश्यक नभएको बताउनुभयो । उहाँले बोर्डभन्दा माथि मन्त्रिपरिषद् हुने भएकाले बोर्डको निर्णय कुरिराख्नु नपर्ने बताउनुभयो ।

मन्त्री खड्काले मन्त्रिपरिषद्को निर्णय पाएको २४ घण्टाभित्र बोर्ड बैठक बस्ने जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयबारे प्राधिकरणलाई जानकारी पठाइसकिएकाले आजै उद्योगहरुमा बिजुली जोडिने बताउनुभयो । मन्त्री खड्काले १५ दिनभित्र विद्युत महशुल उठाउने प्रक्रिया थाल्न प्राधिकरणलाई पत्राचार समेत गरिसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘१५ दिन भित्र रकम असुल गर्ने र २४ घण्टा भित्र विद्युत लाइन जाड्ने भनिएको छ । निकासमा पुग्न पहलकदमी थालनी भएको छ । सरकारले जिम्मेवारी लिएर सरकारले निर्णय गरेको छ । बिल देउ रकम असुली लिनु भनेर स्पष्ट छ ।’

मन्त्रालयले आज नै लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । सरकारले डेडिकेटेड ट्रंकलाइनको विवाद दीर्घकालीन समाधानका पुस २४ गतेको मन्त्रिपरिषद्को बैठकले उद्योगी र प्राधिकरणबीच विवाद बढेपछि दीर्घकालीन समाधान खोज्ने भन्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्न निर्णय गरेको थियो ।

लामो समय लगाएर आयोगले मन्त्रालयलाई दिएको प्रतिवेदनमा २०७२ साउनदेखि पुससम्म, २०७२ माघदेखि २०७५ वैशाखसम्म र २०७५ जेठदेखि २०७७ असारसम्मको फरकफरक अध्ययन गरेको छ । शुरुको ६ महिनामा महशुल निर्धारण भएको छैन । २०७५ जेठमा लोडसेडिङको अन्त्य भएको थियो ।

प्रतिवेदनमा २०७२ पुसदेखि २०७५ वैशाखसम्मको अवधिको महशुल उठाउनुपर्ने उल्लेख छ । २०७२ पुसदेखि २०७५ वैशाखसम्मको प्रिमियम शुल्क भने उठाउन सिफारिस गरिएको छ ।

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >