पर्सा प्रहरीले ३७ लाखभन्दा बढी मूल्यका खुद्रा सामान लोड गरेको ट्रक नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20241112-222434_Chrome

बिरगंज ,२७ कार्तिक ।पर्सा प्रहरीले ३७ लाखभन्दा बढी मूल्यका खुद्रा सामान लोड गरेको ट्रक नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ।विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले २०८१/०७/२६ गते राति १०:५० बजे वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघर चोकमा ना.५ ख ६७४७ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। ट्रकमा बिल विजकमा उल्लेखितभन्दा बढी मूल्यका खुद्रा सामान र औषधीहरू वीरगञ्जबाट रूपन्देही लैजाने तयारीमा रहेको थाहा पाएपछि प्रहरीले उक्त ट्रकलाई नियन्त्रणमा लिएको हो।ट्रकमा मूल्य रु. ३७ लाख ५२ हजार ८ सय ८६ बराबरका सामान रहेको पाइएको र थप अनुसन्धान तथा कारबाहीका लागि सामानसहित ट्रकलाई राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >