रवि लामिछानेलाई केहीबेरमा भैरहवा ल्याइँदै, विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालयमा लगिने

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
rabi-lamichhane-20102024094400-1000x0

सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति, पूर्वगृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई अहिले केहीबेरमा भैरहवा ल्याइँदै छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेटलाई भैरहवा ल्याउनका लागि कास्की प्रहरीले पोखरा विमानस्थलमा पुर्‍याएको छ । 

पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भए पनि पोखराको मौसम खराब भएकाले उडानमा ढिलाइ भएको रुपन्देही प्रहरीले जनाएको छ । लामिछानेलाई ल्याउने भएपछि गौतमबुद्ध विमानस्थल भैरहवामा पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनलाई ल्याउने तयारीपछि रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको लुम्बिनी गेटमा प्रदर्शन गरिरहेको छ । त्यस्तै सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरुले पनि भैरहवामै प्रदर्शनको तयारी गरिरहेका छन् ।

रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालयमा लगेर बयान सुरु गर्ने बताएका छन् । उनका अनुसार सकेसम्म आजै बयान सक्ने तयारी छ । लामिछानेलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ । ‘सकेसम्म छिटो यहाँको बयान सकेर कास्की नै फिर्ता पठाउनु पर्ने छ,’ उनले भने, ‘त्यहीअनुसार बयानको तयारी भइरहेको छ ।’ लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालते प्रहरीलाई अनुमति दिएको छ । तीमध्ये लामिछानेसहित १२ जनालाई कात्तिक ८ गते अनुमति दिएको थियो ।

त्यहीअनुसार कात्तिक २ गतेदेखि एकै प्रकृतिको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार बयानका लागि भैरहवा ल्याउन लागिएको हो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको अनुसन्धानबाट खुलेको छ ।

लामिछानेलाई भैरहवा ल्याउने भएपछि रास्वपा लुम्बिनी प्रदेश र सुप्रिम पीडितहरुले छुट्टाछुट्टै तयारी गरिरहेका छन् । दुवैले भैरहवाकेन्द्रित भएर प्रदर्शन गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले जिल्ला अदालत र सरकारी वकिल कार्यालय क्षेत्रलाई निषेधित क्षेत्र घोषणाको तयारी गरिरहेको छ । सोमबार दिनभर सुरक्षा संयन्त्रको बैठकले सम्भावित प्रदर्शनको आकलन र विश्लेषण गरिरहेको र आवश्यकताअनुसार मंगलबार नै निषेधित क्षेत्र घोषणा गर्ने गरी निर्णय भएको छ । ‘निषेधित क्षेत्रको चौकिल्लाको विषयमा निर्णय भइसकेको छ,’ सुरक्षा स्रोतले भन्यो, ‘आवश्यकताअनुसार खुकुलो वा कडाइ गर्ने भन्ने निर्णय तत्काल लिइने गरी सहमति भएको छ ।’

लामिछानेसँगै रूपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल बञ्जाडे जोशीलाई पनि यसअघि नै भैरहवा ल्याएर बयान गरेर कास्कीमै लगिएको थियो ।

स्रोतका अनुसार लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलन र गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित ७० भन्दा बढी प्रश्न तयार गरिसकेको छ । थप प्रश्न बयानकै क्रममा पनि हुने स्रोतले बतायो ।

ताजा खबर

लोकप्रिय

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >