वीरगञ्जमा २२ केजी ५०० ग्राम चरेशसहित तीनजना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1731595299761

जिल्ला प्रहरी कार्यालय पर्साले २२ केजी ५०० ग्राम लागुऔषध चरेशसहित तीनजनालाई पक्राउ गरेको छ। प्रवक्ता डिएसपी दीपक भारतीका अनुसार, वीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित भिष्वा होटलअगाडिको सडकखण्डमा लागू औषध खरिद–बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

प्रहरीको टोलीले ना. १५ प ११५६ नम्बरको मोटरसाइकलमा सवार अभियुक्त २९ वर्षीय मकसूद अन्सारी , वर्ष २० को रामलाल सहनी , र वर्ष २९ को मुकेश कुमारलाई शंकास्पद अवस्थामा फेला पारेको थियो। उनीहरूको साथबाट कालो झोला र सेतो प्लाष्टिकको बोरामा लुकाएर राखिएको अवस्थामा ४५ प्याकेट चरेश बरामद गरिएको थियो। प्रत्येक प्याकेटमा ५०० ग्रामका दरले कुल २२ केजी ५०० ग्राम चरेश भेटिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमा मकसूद अन्सारी र रामलाल सहनी बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ४ का बासिन्दा हुन् भने मुकेश कुमार भारतको बिहारस्थित मोतिहारी जिल्लाको निवासी हुन्। अभियुक्तहरूलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >