मन्त्री अजय चौरसियाले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरीक्षण

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20241123-211717_Facebook

बारा जिल्लाको महागढीमाई नगरपालिका १ बरियारपुरमा मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेलाको अहिले अवलोकन तथा निरीक्षण गर्ने क्रम जारी नै रहेको छ ।शनिवार नेपाल सरकारको कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गर्नु भएको छ । गढीमाई मन्दिर पुगेर मन्त्री अजय चौरसियाले गढीमाईको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन गर्नुभएको प्रचारप्रसार उपसमितिले जनाएको छ ।गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गर्दै मन्त्री चौरसियाले सनातन काल देखि प्रत्येक पाँच बर्षमा गढीमाईको मेला लाग्दै आएको र गढीमाईमा आए पछि सबैको मनोकामना पूरा हुने गरेको बताउनु भयो । हिन्दूहरुको ठूलो आस्थाको केन्द्रको रुपमा रहेको गढीमाई मेलामा नेपाल सरकारको पूर्ण साथ र समर्थन रहेको मन्त्री चौरसियाले बताउनु भयो ।नेपाल सरकार पर्यटन मन्त्रालयलाई आफू काठमाडौं गएर गढीमाई मेलाको बारेमा जानकारी दिने र पर्यटन मन्त्री समेत मेला अवलोकन तथा निरीक्षण गर्न आउनेमा आफू बिश्वस्त रहेको उहाँले बताउनु भयो । विश्व प्रसिद्ध मन्दिरको रुपमा रहेको गढीमाई मन्दिरलाई अहिलेको सरकारले विश्व सम्पदाको सुचिमा समावेश गराउनको लागि पहल गर्ने समेत मन्त्री चौरसियाले बताउनु भयो ।गढीमाईको दर्शन गर्न आउने सबैको मनोकामना पूरा हुने गरेकोले सबै हिन्दूहरु संग उहाँले मेला अवलोकन तथा गढीमाईको दर्शन गर्न आउनको लागि आग्रह समेत गर्नु भयो ।विश्व प्रसिद्ध गढीमाई मेला सुरु भए संगै अहिले केन्द्र र प्रदेशको मन्त्रीहरु मेलाको अवलोकन तथा निरीक्षण गर्ने क्रम जारिनै रहेको छ ।यश बर्ष विश्व प्रसिद्ध गढीमाई मेलामा करिब ३ करोड दर्शनार्थी मेलाको अवलोकन गर्न आउने मेला समितिले अनुमान गरेको छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >