मन्त्री अजय चौरसियाले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरीक्षण

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20241123-211717_Facebook

बारा जिल्लाको महागढीमाई नगरपालिका १ बरियारपुरमा मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेलाको अहिले अवलोकन तथा निरीक्षण गर्ने क्रम जारी नै रहेको छ ।शनिवार नेपाल सरकारको कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गर्नु भएको छ । गढीमाई मन्दिर पुगेर मन्त्री अजय चौरसियाले गढीमाईको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन गर्नुभएको प्रचारप्रसार उपसमितिले जनाएको छ ।गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गर्दै मन्त्री चौरसियाले सनातन काल देखि प्रत्येक पाँच बर्षमा गढीमाईको मेला लाग्दै आएको र गढीमाईमा आए पछि सबैको मनोकामना पूरा हुने गरेको बताउनु भयो । हिन्दूहरुको ठूलो आस्थाको केन्द्रको रुपमा रहेको गढीमाई मेलामा नेपाल सरकारको पूर्ण साथ र समर्थन रहेको मन्त्री चौरसियाले बताउनु भयो ।नेपाल सरकार पर्यटन मन्त्रालयलाई आफू काठमाडौं गएर गढीमाई मेलाको बारेमा जानकारी दिने र पर्यटन मन्त्री समेत मेला अवलोकन तथा निरीक्षण गर्न आउनेमा आफू बिश्वस्त रहेको उहाँले बताउनु भयो । विश्व प्रसिद्ध मन्दिरको रुपमा रहेको गढीमाई मन्दिरलाई अहिलेको सरकारले विश्व सम्पदाको सुचिमा समावेश गराउनको लागि पहल गर्ने समेत मन्त्री चौरसियाले बताउनु भयो ।गढीमाईको दर्शन गर्न आउने सबैको मनोकामना पूरा हुने गरेकोले सबै हिन्दूहरु संग उहाँले मेला अवलोकन तथा गढीमाईको दर्शन गर्न आउनको लागि आग्रह समेत गर्नु भयो ।विश्व प्रसिद्ध गढीमाई मेला सुरु भए संगै अहिले केन्द्र र प्रदेशको मन्त्रीहरु मेलाको अवलोकन तथा निरीक्षण गर्ने क्रम जारिनै रहेको छ ।यश बर्ष विश्व प्रसिद्ध गढीमाई मेलामा करिब ३ करोड दर्शनार्थी मेलाको अवलोकन गर्न आउने मेला समितिले अनुमान गरेको छ।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >