३१ लाख ७९ हजारको सामान सहित ट्रक बारा प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20241202_212100

१७ मंसिर,बारा । ईलाका प्रहरी कार्यालय जीतपुर बाराले झण्डै  ३१ लाखको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले जीतपुर सिमरा उप- महानगरपालिका–७  चेकमा जाँचको क्रममा बिल बिजक नभएको सामान लोड रहेकोले ट्रकलाई नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट पथलैया तर्फ जाँदै गरेको ना.८ ख ८२८६ नम्बरको मालबाहक ट्रकमा बिल विजक नभएको ३१ लाख ७९ हजार २२ रुपैया बराबरकाे तिरपाल, मोबिल, प्लास्टिक सुतली, सुटके,बकरम लोड रहेको पाईएपछि ट्रकलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय जीतपुर बारा  प्रहरी नायव निरीक्षक मोहनारायण रायले जानकारी दिनुभयो ।नियन्त्रणमा लिएको मालबाहक ट्रक थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >