पर्सामा पनि रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Rabi_KTM2024-11-28-06-23-54

पर्सा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएको छ । वीरगन्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि लामिछानेलाई पर्सामा पनि प्रहरीले अनुसन्धान गर्न लागेको हो । 

पर्सा प्रहरी स्रोतका अनुसार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न बुधबार जिल्ला अदालत, पर्साले पक्राउ अनुमति दिएको हो । गत २ कात्तिकमा पक्राउ परेका लामिछानेको हाल चितवनमा बयान भइरहेको छ । 


पर्सामा गितेन्द्रबाबु राई, छविलाल जोशीलगायतविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले अदालतबाट पक्राउ अनुमति आएको पुष्टि गर्दै थप अनुसन्धान अघि बढेको बताए। 

सानो पाइला सहकारीको हिनामिनामा एक चरणमा अनुसन्धान गरी प्रहरीले गत वर्ष नै मुद्दा दायर गरिसकेको छ । संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान हुन लागेको हो । 

जिबी राईको समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए । सोही आधारमा उनी अनुसन्धानमा तानिएका हुन् । सहकारीको रकम अपचलनमा संलग्न नभए पनि गोर्खा मिडियाको सञ्चालक भएकै आधारमा पक्राउ गरेर अनेक मुद्दा चलाउन लागिएको भन्दै रास्वपाले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आएको छ ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >