विश्वप्रसिद्ध गढीमाई मेलामा गृहमन्त्री लेखकले गरे दर्शन 

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
ll2024-12-04-04-37-40

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गरेका छन् । बुधबार बाराको महागढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुको साथै मेलाको अवलोकन तथा निरीक्षणसमेत गरेका हुन् ।

गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरका पुजारीको हातबाट टीका र प्रसादसमेत ग्रहण गरेका थिए । विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तर ठुलो पहिचान दिएकाले गढीमाई मन्दिरको संरक्षणलगायत मेलालाई सभ्य र  भव्य बनाउनमा नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री रमेश लेखकले बताए । गढीमाई मेलालाई व्यवस्थित बनाउन सरकारले सुरक्षामा कुनै पनि कसर बाँकी नरहने गरी परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताए ।

गढीमाई मेला पाँच वर्षमा एकपटक लाग्ने भएकाले मेलामा दर्शनार्थीहरूको चाप बढी हुने गरेकाले सुरक्षामा कुनै कसर बाँकी नरहने र आवश्यक परेमा थप सुरक्षाकर्मीलाई मेलामा खटाइने गृहमन्त्री रमेश लेखकले सञ्चारकर्मीहरूसँगको कुराकानीमा बताए ।

यता महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादवले गृहमन्त्रीले गढीमाई मेलाको अवलोकन गरेर सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको तथा गृहमन्त्रीले सुरक्षा व्यवस्थापनमा गृह मन्त्रालयले कुनै कमी बाँकी नरहने प्रतिबद्धतासमेत गरेको जानकारी दिए ।

विश्वप्रसिद्ध गढीमाई मेलामा अहिले दर्शनार्थीहरूको चाप बढेको छ । मंसिर ०१ गतदेखि सुरु भएको गढीमाई मेला मंसिर ३० गते सम्म चल्नेछ । गढीमाई दर्शन गर्न आएका गृहमन्त्री रमेश लेखकलाई गढीमाई मेला मूल व्यवस्थापन समितिले भव्य स्वागत गरेको थियो ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >