विश्वप्रसिद्ध गढीमाई मेलामा गृहमन्त्री लेखकले गरे दर्शन 

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
ll2024-12-04-04-37-40

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गरेका छन् । बुधबार बाराको महागढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुको साथै मेलाको अवलोकन तथा निरीक्षणसमेत गरेका हुन् ।

गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरका पुजारीको हातबाट टीका र प्रसादसमेत ग्रहण गरेका थिए । विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तर ठुलो पहिचान दिएकाले गढीमाई मन्दिरको संरक्षणलगायत मेलालाई सभ्य र  भव्य बनाउनमा नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री रमेश लेखकले बताए । गढीमाई मेलालाई व्यवस्थित बनाउन सरकारले सुरक्षामा कुनै पनि कसर बाँकी नरहने गरी परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताए ।

गढीमाई मेला पाँच वर्षमा एकपटक लाग्ने भएकाले मेलामा दर्शनार्थीहरूको चाप बढी हुने गरेकाले सुरक्षामा कुनै कसर बाँकी नरहने र आवश्यक परेमा थप सुरक्षाकर्मीलाई मेलामा खटाइने गृहमन्त्री रमेश लेखकले सञ्चारकर्मीहरूसँगको कुराकानीमा बताए ।

यता महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादवले गृहमन्त्रीले गढीमाई मेलाको अवलोकन गरेर सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको तथा गृहमन्त्रीले सुरक्षा व्यवस्थापनमा गृह मन्त्रालयले कुनै कमी बाँकी नरहने प्रतिबद्धतासमेत गरेको जानकारी दिए ।

विश्वप्रसिद्ध गढीमाई मेलामा अहिले दर्शनार्थीहरूको चाप बढेको छ । मंसिर ०१ गतदेखि सुरु भएको गढीमाई मेला मंसिर ३० गते सम्म चल्नेछ । गढीमाई दर्शन गर्न आएका गृहमन्त्री रमेश लेखकलाई गढीमाई मेला मूल व्यवस्थापन समितिले भव्य स्वागत गरेको थियो ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >