१९२ किलो गाँजासहित चारजना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
gaja_Main2024-12-04-05-38-27

जिल्ला प्रहरी कार्यालय मकवनपुरले जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट १९२ किलो ६ सय ग्राम लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएकाे प्रहरीको टोलीले हेटौंडा–१५ बाट १७५ किलो गाँजासहित दुई जनालाई पक्रेको हो । 

हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १५८४ नम्बरको पिकअप गाडीमा उक्त गाँजा फेला परेको प्रहरी कार्यालयले जनाएको छ । गाडीको ढालामा खाली क्रेटले छोपेर ल्याएको अवस्थामा गाँजा फेला परेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । प्रहरीले गाडी चालक मकवानपुरको बकैया गाउँपालिका–४ का २४ वर्षीय सुमन लामा र गाडीमा रहेका बकैया–११ का २४ ववर्षीय सुशील भोलनलाई पक्रेको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय मनहरीको टोलीले राक्सिराङ गाउँपालिका–५ ढुङ्गुखोलास्थित बगरबाट १७ किलो ६ सय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । शंकास्पद अवस्थामा झोला बोकेर हिँडिरहेका पर्सा पर्सागढी नगरपालिका–८ बस्ने ४६ वर्षीय देवीलाल सहनी र पर्सागढी–१ का ३२ वर्षीय रामनारायण रामलाई गाँजासहित पक्राउ गरेको हो । उनीहरूको शरीर तथा झोला खानतलासीको क्रममा १७ किलो ६०० ग्राम गाँजा फेला परेको प्रहरी प्रवक्ता अर्यालले बताए । गाँजासहित पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट म्याद थपेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >