बिपी राजमार्गमा बिरामी बोकेको एम्बुलेन्सबाट लागुपदार्थ बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Ambulance-Taskari2024-12-07-08-57-33

महोत्तरीको बर्दिवासबाट बिरामी बोकेर बिपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ज.१च १९०८ नम्बरको एम्बुलेन्सबाट प्रहरीले शुक्रबार राति चेकजाँचका क्रममा अवैध लागुपदार्थ बरामद गरेको छ। काभ्रे जिल्लाको रोशी गाउँपालिका–९ स्थित इलाका प्रहरी कार्यालय मंगलटारको सवारी चेकपोस्टअगाडि प्रहरी चेकजाँचका क्रममा एम्बुलेन्सबाट लागुपदार्थ बरामद भएको हो। 

एम्बुलेन्सचालक धनुषा जिल्ला धनुषाधाम नगरपालिका–६, हरिहरका ४४ वर्षीय सुरेश मिझारलाई प्रहरीले पक्राउ गरेको छ। चालक मिझारलाई जिल्ला अदालत काभ्रेबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार प्रहरी टोलीले चालकको पछाडि झोलामा नुफिल लेखिएको दुई मिलिलिटरको एक हजार एम्फुल, डाइजिफाम दुई मिलिलिटरको एक हजार एम्फुल, फेनेरेगान लेखिएको दुई मिलिलिटरको एक हजार एम्फुल गरी जम्मा तीन हजार एम्फुल लागुपदार्थ बरामद गरेको थियो। 

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >