गढीमाईमा आइतबारबाट पञ्चबली सुरु हुँदै

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
469587998_593893906909369_380025376556485916_n

बाराको बरियापुरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेलामा दिनदिनै भीड बढ्दै गएको छ । आइतबार विशेष पूजापश्चात् पञ्चबली सुरु हुने मूल मेला व्यवस्थापन समितिले जनाएको छ । 

आईतवार सूर्योदय अघि नै विशेष पूजा हुनेछ भने त्यसपछि पञ्चबली दिइने र राँगा बली सुरु हुनेछ । सोमबार बोका बली दिइने तथा यसको सबै तयारी पूरा भएको मूल व्यवस्थापन समितिले जानकारी दिएको छ । दर्शन र विशेष पूजाका लागि छुट्टै व्यवस्था मिलाइएको मूल मेला व्यवस्थापन समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।  

नेपाल र भारतका छिमेकी राज्यका सरकारमा रहेकाहरुलाई समेत व्यवस्थापन समितिले दर्शनका लागि निम्त्याएको छ । पाँच वर्षमा एक पटक लाग्ने उक्त मेलामा दैनिक हजारौँको संख्यामा दर्शनार्थीहरु आइरहेको यादवले जानकारी दिए । 

महागढीमाईको वडा नं. १ बरियारपुरमा अवस्थित हिन्दुहरुको शक्तिपिठको रुपमा स्थापित गढीमाई विशेषगरी बलीका लागि चर्चामा रहन्छ । यो मेला विश्वमा सबैभन्दा बढी बली दिइने धार्मिक स्थलको मेला हो । 

यहाँ आउने श्रद्धालुले भाकल गर्छन् र इच्छाएको कुरा पूरा भएमा पूजापाठ गर्ने तथा बली दिने गर्छन् । मूल व्यवस्थापन समितिले श्रद्धालुलाई सहज होस् भनी लाइन लगाइएको जनाएको छ । यसैगरी विशेष पूजा गर्नका लागि पाँच सय रुपैयाँ तिरेर रसिदसहित जानका लागि समेत बेग्लै व्यवस्था गरिएको नगर प्रमुख यादवले बताए । 

मन्दिर वरपर श्रद्धालुका लागि विभिन्न किसिमका खेलहरु र मनोरञ्जनका साधनहरु छन् । यस पटक पसलहरु पनि व्यवस्थित बनाइएको छ । यसैगरी निःशूल्क स्वास्थ्य परीक्षणदेखि आकस्मिक स्वास्थ्य उपचारको प्रबन्ध पनि मिलाइएको छ । 

मेलाको अवसरमा नेपाल तथा भारतका लाखौँले दर्शन गर्ने भएकाले सुरक्षाका लागि नगरप्रहरीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत खटाइएको नगरप्रमुख यादवले जानकारी दिए । यसैगरी दर्शनार्थीलाई सहयोगका लागि स्वयंसेवक पनि खटिएका छन् ।

ताजा खबर

लोकप्रिय

विश्रामपुर बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरीमाथि आर्थिक लेनदेन र तस्करीमा संलग्न रहेको आरोप, निष्पक्ष छानबिनको माग

बारा, असार ५। बाराको विश्रामपुर गाउँपालिका क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको बीओपी बरैनियामा कार्यरत सशस्त्र प्रहरी निरिक्षक सन्तोष चौलागाईंको कमाण्डमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक

पुरा पढ्नुहोस >

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >