३ वटा गाडी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, ११ जना घाइते 

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
food truck gaza - 1

कपिलवस्तुमा तीन सवारी साधन आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुर्घटनामा परेको कार चालक कपिलवस्तुको वाणगंगा नगरपालिका-४ हरिहरपुरका ४५ वर्षीय इन्द्रबहादुर सार्की र प्यूठानको पकला-७ का ४३ वर्षीय निमबहादुर सारू छन्।

सार्कीको कपिलवस्तु जिल्ला अस्पताल तौतिहवामा र सारूको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा दिउँसो मृत्यु भएको थियो। दुर्घटनामा मोटरसाइकल र बसमा सवार ११ जना घाइते भएका छन्।

दुर्घटनाका घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

मोटरसाइकल चालक कपिलवस्तु बुद्धभूमि नगरपालिका-१० पिपरहवाका ५५ वर्षीय रामदास कुर्मी, मोटरसाइकलको पछाडि सवार ५३ वर्षीया मञ्जुकुर्मी, बसमा रूपेन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका- ६ का २१ वर्षीय यमा मुदिन मुसलमान र कारमा सवार दाङको राप्ती गाउँपालिका-८ बिजौरीका ४९ का गिरबहादुर घर्ती मगरको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक विश्वकर्माले बताए।

घाइतेमध्ये तीन जनाको सिटी अस्पताल भैरहवा र गिरबहादुरको मेडिकल कलेज भैरहवामा उपचार जारी छ। अन्य सामान्य घाइते ७ जनाको भैरहवाको विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता माधव विश्वकर्माले भैरहवा-तौलिहवा सडक खण्डअन्तर्गत शुद्धोधन गाउँपालिका-३ को गुलरीमा तीव्र गतिको बस अनियन्त्रित भइ कारलाई ठक्कर दिएको थियो। त्यसपछि कारमा मोटरसाइकल ठोक्किएको थियो।

भैरहवादेखि तौलिहवा आउँदै गरेको लु २ ख २३१ नम्बरको तीव्र गतिको बस अनियन्त्रित भइ तौलिहवाबाट भैरहवा जाँदै गरेको बा १४ च ७४४८ नम्बरको कारलाई शनिबार बिहान ठक्कर ८ बजेतिर दिएको थियो। त्यसपछि कारसँग लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल पनि बससँग ठोक्किएको थियो।दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >