३ वटा गाडी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, ११ जना घाइते 

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
food truck gaza - 1

कपिलवस्तुमा तीन सवारी साधन आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुर्घटनामा परेको कार चालक कपिलवस्तुको वाणगंगा नगरपालिका-४ हरिहरपुरका ४५ वर्षीय इन्द्रबहादुर सार्की र प्यूठानको पकला-७ का ४३ वर्षीय निमबहादुर सारू छन्।

सार्कीको कपिलवस्तु जिल्ला अस्पताल तौतिहवामा र सारूको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा दिउँसो मृत्यु भएको थियो। दुर्घटनामा मोटरसाइकल र बसमा सवार ११ जना घाइते भएका छन्।

दुर्घटनाका घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

मोटरसाइकल चालक कपिलवस्तु बुद्धभूमि नगरपालिका-१० पिपरहवाका ५५ वर्षीय रामदास कुर्मी, मोटरसाइकलको पछाडि सवार ५३ वर्षीया मञ्जुकुर्मी, बसमा रूपेन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका- ६ का २१ वर्षीय यमा मुदिन मुसलमान र कारमा सवार दाङको राप्ती गाउँपालिका-८ बिजौरीका ४९ का गिरबहादुर घर्ती मगरको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक विश्वकर्माले बताए।

घाइतेमध्ये तीन जनाको सिटी अस्पताल भैरहवा र गिरबहादुरको मेडिकल कलेज भैरहवामा उपचार जारी छ। अन्य सामान्य घाइते ७ जनाको भैरहवाको विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता माधव विश्वकर्माले भैरहवा-तौलिहवा सडक खण्डअन्तर्गत शुद्धोधन गाउँपालिका-३ को गुलरीमा तीव्र गतिको बस अनियन्त्रित भइ कारलाई ठक्कर दिएको थियो। त्यसपछि कारमा मोटरसाइकल ठोक्किएको थियो।

भैरहवादेखि तौलिहवा आउँदै गरेको लु २ ख २३१ नम्बरको तीव्र गतिको बस अनियन्त्रित भइ तौलिहवाबाट भैरहवा जाँदै गरेको बा १४ च ७४४८ नम्बरको कारलाई शनिबार बिहान ठक्कर ८ बजेतिर दिएको थियो। त्यसपछि कारसँग लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल पनि बससँग ठोक्किएको थियो।दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >